शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

बलियो मलेसियासँग हामि अङ्ककै लागि प्रतिस्पर्धा गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
बलियो मलेसियासँग हामि अङ्ककै लागि प्रतिस्पर्धा गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपालले २०२७ को एएफसी एसियन कपअन्तर्गत अन्तिम चरणको छनोटमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। यो चरणमा नेपालले मलेसियासहित भियतनाम र लाओससँग ‘होम एण्ड अवे’ आधारमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ।

मलेसियासँगको खेलअघि नेपालले सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपालले एतिहासिक रुपमा १-० को जित निकाल्यो। सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियासँग बलियो आत्माविश्वास सहित मैदानमा उत्रिने जनाए।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा मंगलबार राति ७:४५ मा सुरु हुनेछ। एसियन कपमा पुग्ने लक्ष्यमा रहेको मलेसिया आफ्नो पहिलो खेलमै जितको लक्ष्यमा रहँदा नेपाल अर्को सनसनीपूर्ण खेलको प्रतिक्षामा छ।

प्रशिक्षक रोसले मलेसियासँग अङ्कका लागिनै प्रतिस्पर्धा गर्ने बताउँदै नेपाल बलियो लक्ष्यमा प्रतिबद्ध रहेको जनाए। उनले भने, ‘बलियो मलेसियासँग हामि अङ्ककै लागि प्रतिस्पर्धा गर्ने छौँ। हामी ड्र भएमा पनि सन्तुष्ट हुने छौँ।’

उनले थपे, ‘हाम्रो योजना जित्नका लागि नै हो। तर, बराबरीले हामीलाई दुःखी बनाउने छैन।’

त्यस्तै, कप्तान किरण चेम्जोङले अवे मैदान भए पनि राम्रो खेल पस्कने जनाए। उनले भने, ‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौँ, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ हामी अवे मैदान भए पनि समर्थकको साथमा बलियो छौँ।’ उनले खेलमा पूर्ण रुपमा खुलेर खेल्ने जनाए। उनले विना दबाब मैदान उत्रिने भन्दै त्यसले परिणाम दिने विश्वास ब्यक्त गरे।

यसअघि शुक्रबार सिंगापुरमा भएको मैत्रीपूर्ण खेल हेर्नका लागि पनि ठूलो मात्रामा समर्थक मैदान पुगेका थिए। किरणले मलेसियामा पनि नेपाली दर्शकको साथ अभुतपूर्व रहने विश्वास ब्यक्त गरे। रोसको प्रशिक्षणमा नेपालले पहिलो आधिकारिक प्रतियोगिता खेल्न लागेको हो। उनको प्रशिक्षण डेब्यु भने सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा भएको थियो। जुन खेलमा नेपाल १-० ले विजयी भयो।

मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपालविरुद्धको खेलको लागि टिम पूर्ण रुपमा तयार भएको भन्दै खेलका लागि टिम उत्साही रहेको जनाए। प्रशिक्षक पिटले नेपालले सिंगापुरलाई हराएकोले नेपाललाई कमजोर नलिने पनि जनाए। उनले भने, ‘हामी नेपाललाई कमजोर सम्झीएका छैनौँ। हामी आफ्नो खेल कसरी खेल्ने त्यसमा केन्द्रित छौँ।’

फिफा वरियतामा नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियालाई अहिलेसम्म नेपालले पराजित गर्न सकेको छैन। वरियतामा मलेसिया १३२औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा रहेको छ।

नेपाल र मलेसियाबीच कुल ७ पटक प्रतिस्पर्धा हुँदा नेपालले फिफा विश्वकप छनोटअन्तर्गत १६ मार्च १९८५ मा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो। त्यसअघि पहिलो खेलका रुपमा १९८३ मा मडेका कपमा भिड्दा नेपालले ७ गोल खाएको थियो।

१९८५ को बराबरीयता खेलेका पाँच खेलमा पनि नेपाल लगातार पराजित भएको छ। पछिल्लो पटक नेपालले २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल २-० ले हारेको थियो।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

१० घण्टा अगाडि
पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक