मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बंगलादेशमा १४० गार्मेन्ट कारखाना बन्द

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
बंगलादेशमा  १४० गार्मेन्ट कारखाना बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ढाका । बंगलादेशको गार्मेन्ट क्षेत्र अहिले गम्भीर संकटबाट गुज्रिरहेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछिको सात महिनामा त्यहाँ १४० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । यसका कारण एक लाखभन्दा बढी कामदारले रोजगारी गुमाएका छन् । गाजीपुर, सावर, नारायणगञ्ज र नरसिन्दीमा मात्र ५० भन्दा बढी कारखाना पूर्ण रूपमा बन्द भएका छन् भने लगभग ४० कारखाना अस्थायी रूपमा बन्द छन् ।

कयौँ गार्मेन्ट कारखानका कामदारहरूले २ महिनादेखि १४ महिनासम्मको तलब पाउका छैनन् । तलब नपाएका कामदार सडकमा उत्रिएका छन् । ईद नजिकिँदै जाँदा अवस्था झनै भयावह बन्दै गइरहेको छ । ईद पछि थप कारखानाहरू बन्द हुने आकलन गरिएको छ ।
यसको बाबजुद पनि सरकार र कपडा व्यवसायीहरूबाट कुनै कारबाही भइरहेको छैन । बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन निटक स्रोतहरूका अनुसार २० प्रतिशत अर्डर देश बाहिर सारेका छन् । अब यी अर्डरहरू भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तानतिर गइरहेको बताइएको छ ।

बन्द भइरहेका अधिकांश कारखाना हसिनाको पार्टीका नेताहरूसँग सम्बन्धित 
कपडा कारखाना अचानक बन्द हुनुका दुई मुख्य कारणहरू आर्थिक मन्दी र राजनीतिक अस्थिरता हुन् । तर संकटबिच एउटा रोचक तथ्य के छ भने बन्द भइरहेका अधिकांश कारखानाहरू पूर्वप्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगसँग सम्बन्धित नेताहरूका हुन् । यसमा हसिनाका विदेशी लगानी सल्लाहकार सलमान एफ.पनि समावेश छन् । रहमानको बेक्सिमको कम्पनी पनि यसमा संलग्न छ ।
पछिल्ला सात महिनामा बेक्सिमकोका १५ वटा कारखाना पूर्ण रूपमा बन्द भए । यसबाहेक, अवामी लिगका मन्त्री गाजी दस्तगीरका धेरै कारखानाहरू पनि बन्द भएका छन् । श्रमिक नेता मोहम्मद मिन्टु भन्छन्, ‘बेक्सिमको गार्मेन्ट क्षेत्रको एक विशाल कम्पनी थियो ।’

यहाँ कामदारहरूले समयमै ज्याला र बोनस पाउँथे । यो बन्द हुँदा समस्या भइरहेको छ । स्रोतका अनुसार कयौं ठूला कपडा व्यापारीहरू देश छोडेर गएका छन्, जसका कारण कारखाना बन्द हुने समस्या झनै गम्भीर बनेको छ ।

कपडा कारखाना बन्द भइरहेका सम्बन्धमा सरकारले बजारमा अर्डरको अभावका कारण उत्पादन रोकिएको तर्क गरिरहेको छ । तर गार्मेन्ट वर्कर्स ट्रेड युनियन सेन्टरका कानुनी मामिला सचिव खैरुल मामुन मिन्टुले यो सरासर झूट भएको दाबी गर्छन् ।  अर्डरहरू अझै पनि आइरहेको तर बाँकी रहेका कारखानाहरू थप दबाबमा परेको उनी जनाउँछन् ।

राजनीतिक कारणले गर्दा संकट गहिरो भएको र यसलाई नियन्त्रण गरिएन भने देशमा आर्थिक मन्दी आउन सक्ने भन्ने खालका तर्कहरू पनि आइरहेका छन् । यस क्षेत्रलाई सुधार गर्न कुनै कदम नचालेको आरोप मोहम्मद युनुस सरकारमाथि लाग्न थालेको छ ।

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

४ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक