बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्याङ्जाका ४ क्याम्पसमा नेविसंघ, १ मा अनेरास्ववियु

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा ।  स्याङ्जामा स्ववियुको निर्वाचन भएका ५ वटा क्याम्पसमध्ये ४ वटामा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएको छ । वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापतिमा जित हात पारेको छ । जिल्लामा धेरै मतदाता रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका नीरज श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुकी बिना रेग्मी बाहेक सबै पदमा नेविसंघ विजयी भएको हो ।

यस्तै, जिल्ला सदरमुकाममा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका देवदत्त सुवेदीको प्यानल निर्वाचित भएको छ । फेदीखोलामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियूकी प्रतीक्षा गोदारको प्यानल बिजयी भएको छ । समानुपातिकमा भने नेविसंघ र अनेरास्ववियुका २–२ जना निर्वाचित भएका छन् । गल्याङको मालुंगा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटमा रहेको राधादामोदर संस्कृत विद्यापीठमा पनि नेविसंघका रविन भट्टराई सभापतिमा चयन भएका छन्  । दुबै क्याम्पसमा सहमतिका आधारमा स्ववियु गठन भएको हो ।यसैबीच कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पस र गल्याङको गल्याङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । मिर्मी बहुमुखी क्याम्पसमा सहमतिको प्रयास भइरहँदा नेकपा एमालेले एकलौटी गर्ने प्रयास गरेको भन्दै क्याम्पसका १२ जना सञ्चालक समिति सदस्यले सामूहिक राजीनामा समेत दिएका छन् । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले छलफलको प्रयास जारी रहेको बताए । सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने निर्याय विरुद्ध क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रुपमा उमेदवारी दर्ता गर्ने काम गरेको भन्दै १२ जना सञ्चालक समितिले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियु निर्वाचन सम्पन्न गर्ने सहमति भएको तर अहिले एकलौटी गरिएको उनीहरुको राजिनामा पत्रमा उल्लेख छ ।

१२ जना सञ्चालक समितिले दिएको सामुहिक राजीनामा पत्रमा भनिएको छ, “क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुंगोमा पु¥याउने निर्णय गरेको थियो । यस निर्णय अनुसार आवश्यक निर्वाचन अधिकारीहरुको चयन पनि सर्वसम्मत रुपमा गरिएको थियो । तर निर्वाचन प्रक्रिया अगाडि बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरु सार्वजनिक भए । सबैलाई समेट्न सकिएन ।

यो पनि पढ्नुहोस्

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

१९ घण्टा अगाडि
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक