काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा प्रस्थान गर्ने भएकाे छ ।
उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको सम्वाद सचिव डा.फणिराज पाठकले जनाएका छन्।
उनी यसैसाता जाने भनिएपनि गते भने खुलाइएको छैन।
यतिबेला राजावादीहरूको सक्रियता र विभिन्न कार्यक्रमहरूले पूर्वराजा शाहको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।