काठमाडौं । संखुवासभाको मादी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।
मंगलबार बिहान ८ बजेदेखि ८ बजेसम्म भएकाे निर्वाचनमा पदाधिकारीलगायत सदस्यहरुमा सबै अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका हुन् ।
अध्यक्षमा भिमकुमारी कार्की (अनु), सचिवमा शेषिस प्रसाई र कोषाध्यक्षमा पूजा अधिकारी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा अनेरास्ववियुकै शान्ता गुरुङ, प्रदिप लोहार र सृजना दाहाल निर्वाचित भएको क्याम्पसको निर्वाचन समितिले जानकारी गराएकाे छ ।