बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजावादीहरूले गरिरहेका क्रियाकलाप संविधान विपरित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ओली देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ : प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

जनतालाई पुनः एकपटक रैती बनाउनेगरी प्रयास सुरु गरिएको जनाउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने दाबी गरे ।

राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘अहिले राजावादीहरूले जे गरेका छन्, त्यो संविधान विपरित काम हो । जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित छ । सबै उत्पीडित वर्ग र समुदायको बढी जिम्मेवारी छ ।’

प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बताउँदै प्रचण्डले राजाहरूले गरेका कार्यहरूबारे अहिलेको पुस्तालाई जानकारी गराउनुपर्ने बेला आएको पनि जनाए ।

‘कालरात्री फर्काउनेतिर हामी कसैले सोच्न हुँदैन । कोत पर्व के थियो, भण्डारखाल पर्व के थियो, नेपालको नक्सालाई संकुचित बनाउने काम कसरी भएको थियो, हिजोका राजा महाराजाले नेपालको बेइज्जत कसरी गराएका थिए, यहीँ कलकत्तामा के भएको थियो, नमिता–सुमिता हत्याकाण्ड के थियो, दरबार हत्याकाण्ड के थियो भन्ने कुरा युवाहरूलाई बुझाउने काम हाम्रो आएको छ,’ प्रचण्डले भनेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताका धेरै अपेक्षा रहेको भए पनि त्यो पूरा हुन नसकेको उनको भनाइ थियो ।

त्यसलाई गम्भीर समीक्षा गरेर जानुपर्नेमा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको प्रचण्डले जनाए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताको अपेक्षा अब धेरै विकास हुन्छ, अधिकार पनि पाउँछौं भन्ने थियो,’ उनले भने, ‘त्यो अनुसार राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको साँचो हो । त्यसको समीक्षा गर्नुपर्छ र उपचारतिर लाग्नुपर्छ भन्नेतिर माओवादी केन्द्र देशमा एक नम्बर पार्टी हो ।’

यो पनि पढ्नुहोस्

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

४ घण्टा अगाडि
जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक