मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पुटीन र ट्रम्पलाई भिडाउने यूरोपेली नेताहरुको कुटील प्रयत्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
अन्तर्राष्ट्रिय राजनीमा अहिले निक फेर बदल हुन थालेको प्रतीत हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटीनका बीचको गलेबन्दीले एक किसिमको आकार प्रकार लिन थालेको देखिदैछ । बिश्वमा यदि सकारात्मक महोल हुन्थ्यो भने त यो नयाँ समीकरणाले शान्ति र स्थिरताको नयाँ क्रम पनि शुरू हुनसक्ने थियो होला ।तर अमेरिकाको घरेलु राजनीति तथा यूरोपेली देशहरूको नकारात्मक प्रबृत्तिले गर्दा यस प्रकारको अपेक्षामाथि अझै पनि सन्देहनै उत्पन्न हुनजान्छ । प्रयास कुन कुराको भइरहेको जस्तो देखिन्छ भने ट्रम्पको रूस समर्थक प्रबृत्ति उल्टाइदिने र अमेरिका र रूसलाई परस्पर खडा गरिदनेछ । हुन पनि अमेरिकाको डीप स्टेट तथा यूरोपेली देशहरू प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपले यतिबेला यसै कसरतमा लागेको बिश्लेषकहरूले दर्शाइरहेका छन् ।
ट्रम्पले पाएको ठूलो जनादेश एकातिर भए पनि के मान्नु शायदै सही होला कि अमेरिकामा डीप स्टेट पराजित हुन पुगेको छ । यो डीप स्टेट भनेको अमेरिकाको सैनिक र औद्योगिक सञ्जालको एउटा तन्त्र हो जसले पूरै त्यहाँको राजनीतिक ब्यवस्थालाई नियन्त्रि गर्ने गर्दछ । त्यस तन्त्रले कुनै पनि राष्ट्रपतिलाई बाध्य तुल्याइदिन्छ कि उनी बिश्वमाथि आफ्नो दबदबा कायय राख्ने बाटो या नीतिमा हिडिरहुन् । भनिन्छ यूरोपका अधिकांश देश अमेरिकाको त्यसै डीप स्टेटको स्वभाबिक मित्र रहेका छन् र सहयोगी छन्र । ट्रम्प प्रशासनले डीप स्टेटमाथि अंकूश लगाउनका लागि कदम उठाउन शुरू गर्ने प्रारम्भिक अबस्थामा रहेको देखिन्छ ।बर्तमान अमेरिकी प्रशासनले  राष्ट्रिय गुप्तचर प्रमुख तुल्सी गबार्ड र संघीय जाँच ब्यूरो (एफबीआई)का प्रमुख काश पटेलमाथि यो प्रमुख जम्मेवारी सुम्पिएका छन् कि तिनले डीप स्टेललार्र्ई काबुमा राखुन् । तिनहरूले आफ्नो तर्फबँट कदम उठाउन शुरू पनि गरिसकेका छन् । तुलसी गबार्डले हालै चुप्तचर संस्थाहरूका सूचनाहरूलाई चुहाउने मानिसहरूलाइ चेतावनी पनि दिएका छन् । हुन पनि अमेरिकाको कर्मचारीतन्त्रमा यस्ता धेरै मानिसहरू छन् भनिन्छ कि उनीहरू ट्रम्प बिरोधी र डीप स्टेटका लागि काम गर्ने गर्दछन्र । तिनलाइ पूर्णरूपले समाप्त पार्न असंभब जस्तै मानिन्छ । धेरैभन्दा धेरै गरे तिनमाथि अंकूशसम्म लगाउन सकिएल भनिन्छ ।
राष्ट्रपति टम्पले जतिबेलादेखि यूक्रेन युध्द समाप्त गर्ने प्रयास शुरू गरे त्यतिबेलैदेखि उनका बिरूद्ध मूख्यधाराका सञ्चारमाध्यमहरूले अभियान नै शुरू गरिदिएका छन् ।भनिन्छ कि अरू कुनै राष्ट्रपतिले यस किसिमको दुष्प्रचारको सामना यो भन्दा पहिला गर्नु परेको होस् । बृटेन, फ्रान्स र जर्मनी जस्ता यूरोपेली देशहरूका सञ्चार माध्यमहरूले पनि ट्रम्प प्रशासनको साख कम गर्न लागिरहेका छन् । पर्दा पछाडिबाट बृटेका प्रधानमन्त्री कीर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रो पनि ट्रम्पका बिरूद्धको चेसको चाल चलिरहेको बताइन्छ । हुन पनि यूरोपेली नेताहरूमा कुन कुराको भान परेको देखिन्छ भने राष्ट्रपति ट्रम्पका बिरूद्ध प्रत्यक्षरूपमा अभियान चलाउने मुडमा उनीहरू छैनन् । उनीहरूको के कोशिश रहेको देखिन्छ भने राष्ट्रपति ट्रम्पलाई उनको यूक्रेन नीतिमा अल्झाइराख्ने । यस रणनीति अन्तर्गत उनीहरूको के कोशिश देखिन्छ भने यूक्रेनका राष्ट्रपति ब्लोदोमिर जेलेन्स्कीले ट्रम्पको नीति स्वीकार गरेका हुन् । अब यूरोपेली देशहरू भने बल रूसी कोर्टमा पुगेको ढोल  पिटिरहेका देखिन्छन् । यस्तो परिबेश बनाउने प्रयत्न भइरहेको भान पर्दछ कि रूसका राष्ट्रपति पुटीनले अमेरिकाको शान्ति प्रस्ताब स्वीकार गर्ने छन् । यस् स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब उत्पन्न गर्न सकिन्छ कि उनले रूसका बिरूद्ध नयाँ प्रतिबन्धहरू लगाउन् । सम्भवतः राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटीनले यो पूरै खेललाई राम्रोसँग हेरिरहेका र बुझिरहेका छन् । यही कारणले गर्दा दुबैले एक अर्काकाप्रति सकारात्मक दृष्टिले हेरेका छन् ।
यूरोपेली देशहरू के मान्दछन् भने यदि यूक्रेन युद्ध अरू एक बर्षसम्म चल्यो भने रूसको अर्थ ब्यवस्था चर्मराउन थाल्ने छ । अमेरिकाले नयाँ प्रतिबन्ध लगाइदिएमा रूस आर्थिकरूपले यस स्थितिमा रहने छैन कि उसले ठूलो परिमाणमा सैनिक कारबाही जारी राख्न सकोस् । अर्काेतिर राष्ट्रपति ट्रम्प यूक्रेन युद्ध चाँडोभन्दा चाँडो रोक्न र समाप्त गर्न चाहन्छन् । हुन पनि उनको चुनावी बक्तब्यबाजी पनि यस्तै नै थियो । जे भए पनि त्यसको भावना निश्चितरूपले प्रसंशनीय रहेको मानिदैछ । के पनि यथार्थ हो भने यदि अमेरिकाका तत्कालीन  प्रशासन र यूरोपेली देशहरूले कूटनीतिक बुद्धिमत्ताको परिचय दिएका भए यूक्रेन युद्ध शुरू नै हुने थिएन भन्ने तर्क पनि महत्वपूर्ण छ।
यसै बीच पछिल्लो समय युद्ध मोर्चामा यूक्रेनका लागि नराम्रो खबर रहेको बताइन्छ ।यूक्रेनले रूसको जुन कुस्र्क क्षेत्रमाथि कब्जा जमाएको थियो त्यहाँ उसका हजारौं सैनिकहरू घेराबन्दीमा परेका छन्् । यस सम्बन्धमा राष्ट्रपति ट्रम्पले रूससँग अनुरोध पनि गरिसकेका छन् कि ती सैनिकहरूमाथि क्षमा गरियोस् । त्यस सम्वन्धमा रूसी राष्ट्रपति पुटीनले पनि भनेका छन् कि यदि ती सैनिकले आत्मसमर्पण गर्दछन् भने तिनलाइ माफी दिइनेछ । त्यस बिषम परिस्थितिमा पनि यूरोपेली देशका नेताहरू भने यूक्रेनसँग पछि नहट्न र लडिरहन भनेर उक्साइरहेका छन् । हुन पनि यूरोपेली नेताहरूमा के भान परेको देखिन्छ भने उनीहरू राष्ट्रपति ट्रम्पका बिरूद्ध प्रत्यक्ष अभियान चलाउने परिस्थितिमा त छैनन तर उनीहरूको प्रयत्न राष्ट्रपति ट्रम्पलाई उनको यूक्रेन नीतिमा नै फसाइराख्ने खालको छ । त्यसै रणनीति अन्तर्गत यूक्रेनका राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको शान्ति प्रस्ताब स्वीकारेका हुन् भनिदैछ ।यूक्रेनको युद्ध रोक्ने र शान्ति कायम गर्ने भनेर शुरु भएको यो पछिल्लो प्रयत्न पनि भाडिने हो कि टुंगोमा पुगेर छाडिने हो प्रतिक्षाकै बिषय छ ।

यो पनि पढ्नुहोस्

विपद्लाई  सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

९ घण्टा अगाडि
जेनजी आन्दोलनका युवालाई तत्काल न्याय  व्यवस्थापनको व्यवस्था गर्न  माग

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक