शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइजिपी वसन्तबहादुर कुँवरलगायत नौ उच्च अधिकारीले अवकाश पाउँदै

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरलगायत नौ उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदै छन्। आइजिपीले अवकाश पाउन तीन दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको छैन ।

प्रहरी महानिरीक्षक कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डिआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन्।

एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराईले अवकाश पाउन लागेका हुन्। त्यस्तै, डिआइजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि ४ चैतदेखि अवकाश पाउँदै छन् ।

अवकाशमा जान लागेका आइजिपीसहित उच्च अधिकारीको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले तयारी गरिरहेको छ। तर, बिदाइ गर्ने उत्तराधिकारी भने चयन हुन सकेको छैन ।

आइजिपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआइजी प्रहरीको ३१औँ आइजिपीको मुख्य दाबेदार छन् । जसमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् । उनीहरू ०५२ साल भदौ १८ गते इन्स्पेक्टरमा नियुक्त भएका थिए । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरूमध्ये एकजना करिब ६ महिनाका लागि आइजिपी हुनेछन् । जसको टुंगो सोमबार मात्र लाग्ने सम्भावना देखिएको गृह मन्त्रालय स्रोत बताउँछ । सोमबारको नियमित मन्त्रिपरिषद्को बैठकले नयाँ आइजिपी नियुक्ति गर्ने सम्भावना छ ।

यसअघि पनि सरकारले अन्तिम दिन मात्र आइजिपीको निर्णय गर्दै आएको छ । समयमै निर्णय नहुँदा आइजिपी नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको छ।

एउटै ब्याचबाट १६ जना विशिष्ट श्रेणीमा 
०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएको प्रहरीको १०८ नम्बर ब्याच भाग्यमानी  बनेको छ । यो ब्याचबाट १६ जना विशिष्ट श्रेणीमा पुगेका छन्।

त्यसवेला सरकारले सयजना इन्स्पेक्टरको विज्ञापन खुलाएकोमा पहिलो लटमा ५२ जनालाई नियुक्ति दिएको थियो । जसमध्ये नेपाल प्रहरीमा ५० जना र दुईजनालाई विशेष प्रहरीमा भर्ना लिएको थियो । त्यसरी भर्ना भएका ५२ मध्ये १६ जना विशिष्ट श्रेणीमा पुगेका छन् । नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीका आठ दरबन्दी भए पनि सुरुमा बढुवा भएका एआइजीहरूले ५६ वर्षे उमेरहदका कारण अवकाश पाएपछि धेरैले अवसर पाएका हुन्। केहीको हकमा भने अर्कालाई राजीनामा दिन लगाएर विधा बढाउन केही दिनका लागि मात्र पनि सरकारले एआइजीमा बढुवा गरेको थियो ।

यो ब्याचबाट एआइजी हुनेमा टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुवेर कडायत, रवीन्द्र केसी र जनक भट्टराई हुन् । उनीहरूमध्ये टेकप्रसाद, बुद्धिराज, दुर्गा, कुवेर र जनक हाल पदमा छन्।

त्यस्तै, यो ब्याचबाट सातजना डिआइजी तथा एकजना एसएसपीसम्म पुगेका छन्।

यो पनि पढ्नुहोस्

झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन

झापा ५ मा २५० भन्दा बढी सैनिक फौज परिचालन

२ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

राइफलसहित एकजना नियन्त्रणमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक