काठमाडौं । सांगीतिक प्रस्तुति दिनका लागि गजलकार गुलाम अली काठमाडौं आइपुगेका छन् ।
भोलि शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने छन् ।
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।
आयोजक संस्थाका प्रमुख मिलन मोक्तानका अनुसार अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाएर प्रस्तुति दिने कार्यक्रम छ।
गजलकार अलीको मागअनुसार नै नेपालमा कार्यक्रम गर्न लागिएको उनले जनाए ।