सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्र बैंक भन्छ – नेपालको अर्थतन्त्र संकटतर्फ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ विप्रेषण भित्रियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको समष्टिगत आर्थिक स्थिति अनुसार नेपालको अर्थतन्त्र गम्भीर संकटतर्फ अघि बढिरहेको देखिन्छ । तथ्यांक अनुसार भुक्तानी सन्तुलन सकारात्मक भए पनि सरकारी राजस्व संकलन र शेयर बजारको अवस्था गम्भीर छ, जसले अर्थतन्त्रलाई थप कमजोर बनाउने देखिन्छ ।

सरकारी राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले घटेको छ । आयकर, मूल्य अभिवृद्धि कर (VAT) र भन्सार राजस्व संकलन गिरावटको क्रममा छन् । सरकारको खर्च वृद्धि भइरहे पनि राजस्व संकलन कमजोर हुँदा राज्यको वित्तीय संकट थप गहिरिने संकेत देखिएको छ । जसले एकातर्फ,  सरकारले ठूला आयोजना र आर्थिक पुनरुत्थानका लागि स्पष्ट नीति लिन नसक्दा अर्थतन्त्र झनै जोखिममा पर्ने सम्भावना देखिन्छ भने सरकारी खर्च संचालनको लागि पनि सरकार ऋणकै भर पर्नुपर्ने अवस्था देखिएको छ।

नेपालको शेयर बजार निरन्तर गिरावटको क्रममा रहेको छ । सात महिनासम्म बजार परिसूचक २६८५.७३ अंकको हाराहारीमा झरेको छ। बैंकिङ, वित्तीय, जलविद्युत् र उत्पादनमूलक क्षेत्रका सेयर कारोबार सामान्य अवस्थामा रहे पनि लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । आर्थिक स्थिरता कायम राख्न नसक्दा वित्तीय प्रणाली नै कमजोर हुने जोखिम बढेको छ ।

नेपालको वैदेशिक मुद्रा सञ्चिति नेपाली रुपैयाँमा मापन गर्दा १७ खर्ब ४० अर्ब पुगेको छ भने अमेरिकी डलरमा करिब १३ अर्ब पुगेको छ । तर एकातर्फ, विदेशी मुद्रा सञ्चिति वृद्धि भए पनि यो व्यापार घाटा न्यूनीकरण गर्न र दीर्घकालीन आर्थिक स्थायित्व कायम गर्न पर्याप्त छैन भने, अर्कोतर्फ आवश्यक भन्दा बढी विदेशी मुद्रा संचितिले नेपालका उद्योग व्यवसायले आवश्यक कच्चा पदार्थ तथा बस्तुहरुको आयात नगरेको देखिन्छ। जसले स्पष्ट रुपमा देशमा औधोगिक वातावरण सुस्त भएको देखाउंछ।

नेपालबाट विदेश जाने श्रमिकहरूको संख्या १५ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमन पनि बढ्दै गएको छ, सात महिनासम्म नेपाल भ्रमण गर्ने पर्यटक संख्या ९२ हजार नाघेको छ । तर, दीर्घकालीन रूपमा अर्थतन्त्रलाई मात्र विप्रेषण र पर्यटनमा निर्भर गराउनु अस्थिर समाधान मात्र हो ।

नेपालको अर्थतन्त्रमा भुक्तानी सन्तुलन सकारात्मक देखिए पनि राजस्व संकलनमा गिरावट, शेयर बजारको अस्थिरता, कमजोर नीति निर्माण र दीर्घकालीन योजना अभावले देशलाई आर्थिक संकटतर्फ धकेल्ने सम्भावना बढ्दै गएको छ । सरकारको नीति स्पष्ट नभएमा आगामी दिनमा वित्तीय प्रणाली नै ध्वस्त हुन सक्ने जोखिम देखिएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर बजार करिब ३५ अंकले घट्याे

७ दिन अगाडि
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक