काठमाडाैं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडाैं महानगरपालिका वडा नं. १० बुद्धनगर स्थित सडक खण्डमा २० बर्षका विराट पंज्ञानीले शंकास्पद रुपले चलाई रहेको अवस्थामा प्रदेश ३- ०२-०३० प १७ २७ नम्बरको सेतो रंगको २०० सीसीको एन एस पल्सर मोटरसाईकल फागुन २५ गते समाएकाे छ ।
शंकास्पद रुपमा फेलापारी प्रारम्भिक अनुसन्धान गर्दा गत फागुन १ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.२० छावहाल नटोल स्थित सडक खण्डबाट हराएको बागमती प्रदेश ०२-०३५ प २६ ३९ खुल्न बुझिन आएको र त्यस सम्बन्धमा सो मोटरसाइकल खोजतलास गरीपाँउ भनि जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. ०७ बस्ने शिवाक्ष राईले यस ट्राफिक प्रहरी कार्यालयमा हुलिया सहितको निबेदन दिएको थियाे । साेही मोटरसाईकल प्रयोगकर्ता विराट पंज्ञानीलाई कानुन बमोजिम नियन्त्रणमा लिई उल्लेखित मोटरसाईकल बरामद गरी थप अनुसन्धान तथा कारवाहिको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जनाउनुभयो ।