काठमाडौं । ४ देश सम्मिलित महिला टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली युगाण्डाले नेपालसामु जितका लागि ७६ रनको लक्ष्य दिएको छ।
युगाण्डाको एन्टेबे क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको युगाण्डाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्यो।
युगाण्डाका लागि निष्कलंक नाकिसुयीले सर्वाधिक २२ रन जोडिन्। स्टेफनी नाम्पिनाले १४ तथा मलिसा अरिकोटले ११ रन बनाए।
बलिङतर्फ पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने कप्तान इन्दु वर्माले २ विकेट हात पारिन्।
आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेव्यू गरेकी छन्।
जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्न चाहन्छ।
हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो भन युगाण्डाले आफ्नो पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।
शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी रहेका छन्।