काठमाडौं । भारतको पुणेमा पुर्याएर नेपाली महिलालाई बेचबिखन गरेको खुलेको छ ।
मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा पुणेमा नेपाली महिला बेचबिखन भएको खुलेको हो । पुणेमा बेचिएका नेपाली महिलाको उद्धार भएर अहिले दुई जना पक्राउ समेत परेका छन् । ब्यूरोको टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय थोकर भनिने सामेबहादुर तामाङलाई पक्राउ गरेको छ ।
उनीहरूलाई आइतबार सार्वजनिक गर्दै ब्यूरोका प्रमुख तथा एसएसपी दीपेन्द्र जिसीले पुणेको कोठीमा नेपाली चेली बेचिएको बताए । विभिन्न प्रलोभन पारेर चार जानको समूले दुई महिलालाई पुणेमा पुर्याएर बेचेको ब्यूरोको भनाइ छ । यो समूहका दुई जना अझै फरार छन् । फरार हुनेमा एक पुरुष र एक महिला छन् ।