शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

नेविसंघका नेतासहितको समूहले गर्‍यो त्रिविमा तोडफोड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेविसंघका नेतासहितको समूहले गर्‍यो त्रिविमा तोडफोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सत्तारूढ कांग्रेसनिकट नेविसंघका नेतासहितको समूहले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार तोडफोड गरेको छ । नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच/सात जनाको समूहले रेक्टर खड्ग केसी र डिन शंकर खनालको कीर्तिपुरस्थित कार्यकक्षमा तोडफोड गरेको हो ।

कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज र सोफामा क्षति पुगेको रेक्टर र डिन कार्यालयले जनाएका छन् । दुवै कार्यकक्ष साउद नेतृत्वको समूहले तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ । रेक्टर केसी र डिन खनालले भने कसले र किन कार्यकक्ष तोडफोड गर्‍यो भन्नेबारे थाहा नभएको बताए । ‘म कार्यकक्षमा नपुग्दै तोडफोड भइसकेको थियो,’ रेक्टर केसीले भने, ‘घटनाबारे कीर्तिपुर प्रहरी वृत्तलाई जानकारी गरेका छौं ।

प्रहरीले अनुसन्धान गर्दै होला ।’ केन्द्रीय विभागको शुल्क घटाउनुपर्नेलगायतका माग रेक्टरसँग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिमार्फत केही दिनदेखि आन्दोलन गर्दै आएका थिए । आन्दोलनको नेतृत्वमा नेविसंघ आबद्ध विद्यार्थी छन् । उनीहरूले ज्ञापनपत्र बुझाएर रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका थिए । त्यही समूहले तोडफोड गरेको कर्मचारी र विद्यार्थीको भनाइ छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनसँग भने भौतिकशास्त्रका विद्यार्थीले स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा सार्न आग्रह गरिरहेका थिए । ‘स्ववियु निर्वाचनपछि परीक्षा छ । त्यसलाई सार्नुपर्‍यो भनेर विद्यार्थीले माग गरिरहेका थिए । मैले सार्नु हुँदैन भन्दै आएको थिएँ,’ डिन खनालले भने, ‘अरू कुनै विवादित विषय थिएन । तोडफोड गर्नुको कारण त्यही हो वा अरू भन्ने पनि थाहा छैन ।’

नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिएपछि नेविसंघ त्रिवि इकाइ समितिले विज्ञप्ति निकालेर तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको जनाएको छ । इकाइ सभापति विष्णु बडैलाले जारी गरेको विज्ञप्तिमा यस सम्बन्धमा संगठनबाट आधिकारिक निर्णय वा निर्देशन नभएको उल्लेख छ ।

‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोड जस्ता असभ्य क्रियाकलाप नेविसंघको आदर्श र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन । भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

 

यो पनि पढ्नुहोस्

दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

७ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक