बुध, अशोज २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अझै पनि पश्चिम एशियामा भिषण युद्धनै भड्किन सक्ने अडकल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
दुई बर्ष अघि  अक्टोबरका दिन  हमासका लडाकुहरुले प्यालेस्टिनीमाथि दशकौंदेखि भइरहेको अत्याचारका बिरुद्ध ७ अक्टोबरका दिन इजरायलमाथि आश्चर्यजनक जुन जोडदार हमला गर्न सफल त अबश्य भए । तर त्यसको कति ठूलो अकल्पनीय मूल्य आज बिश्व जनमतका बिपरीत  प्यालेस्टिनीहरुले चुकाइरहनु परेको छ त्यो कम पीडदायक र बिर्सनै नसकिने छ । प्यालेस्टिनीहरुमाथि भएका जघन्य क्रूरता, अमानबीयता र बिध्वंशका तथ्य तथ्यांकहरु मात्र सर्सरी केलाउँदा पनि यो कुरा प्रष्ट हुन्छ । हजारौ हजार प्यालेस्टिनीहरु हताहत भए जसमध्ये ४० प्रतिशत त स–साना बालबालिकाहरु मात्रै छन् । यतिबेला पाँच करोड टनभन्दा बढी भवन र बस्तीहरुको भग्नाबशेषको गाजामा खात लागेको कुरा प्रकाशमा आएको र त्यसलाई पूर्णरुपले हटाउन पनि १५ बर्ष लाग्नसक्ने अनुमान गरिदै रहेको छ ।संयुक्त राष्ट्र संघको एउटा सर्बेक्षण प्रतिबेदन अनुसार मिश्र(इजिप्ट)को गिजा स्थित बिशाल पिरामीडको आकारभन्दा झण्डै १२ दोब्बर बढी भग्नाबशेषको थुप्रो इजरायली बम बर्षाका कारण गाजामा जम्मा भइसकेको बताइएको छ । यस कारण पेलेस्टिनको पुनर्निर्माणमा बर्षौबर्षको समय लाग्नसक्ने अनुमान पनि त्यसमा गरिएको छ । यस्तो दुर्दान्त स्थितिमा पालमुनि जन्मेका पेलेस्टिनीका तीन पुस्ताले लामो समयसम्म त्यसलाई आफ्नो स्थायी घर मानेर बस्नु सीवाय अरु उपाय छैन । त्यसमा पनि यसको पुननिर्माणका लागि अर्बौ डलरको आवश्यकता हुनेछ र एउटा यस्तो अनियन्त्रित क्षेत्रमा लगानी गर्नका लागि कुनै पनि अन्तर्राष्ट्रिय संस्थाहरु तयार हुने पनि गर्दैनन् । जुन संस्थाहरुले दुइ दशकभन्दा पनि कम समय भित्र पाँचवटा युद्ध त्यो क्षेत्रमा भएको अनुभव गरे । त्यसले स्थिति नराम्ररी खल्बलिएको छ ।
स्याटलाईट डाटाहरुको उपयोग गरेर संयुक्त राष्ट्र संघले गएका महिनाहरुमा अनुमान लगाइसकेको छ कि गाजापट्टीमा ७० प्रशिशत आवास र भवनहरुका संरचना तहसनहस भइसकेका छन् । त्यसमा २,४५०००भन्दा बढी आवासीय क्षेत्रका घरहरु सामेल छन् ।बिश्व बैंकले त्यो युद्धका पहिला चार महिनामा नै १८.५ अर्ब डलर बराबरको नोक्सानी भएको अनुमान लगाइसकेको थियो । जुन रकम २०२२ मा पश्चिम किनारा र गाजाको संयुक्त आर्थिक उत्पादनको झण्डै बराबरी हुन्छ । मूख्य मूख्य सडकहरु बम बर्षाले गहिरा गहिरा खाडलमा परिणत भइसकेका छन् । बिद्यूत र पानी सञ्चालनका  महत्वपूर्ण र आवश्यक संरचनाहरु पनि सबै तहसनहस भएर काम नलाग्ने बनिसकेका छन् । अधिकांश त्यस क्षेत्रका अस्पतलाहरु प्नि सेवा प्रदान गर्न काम नलाग्ने र बस्न नसकिने आबस्थामा पुगेका छन् ।
संयुक्त राष्ट्र संघकै प्रतिबेदन अनुसार गाजामा ५०००० भन्दा बढी मानिसहरु मारिसकिएका छन् र त्यसमा ४४ प्रतिशत त बालबालिका मात्रै परेका छन् । जुन बाल बालिकाहरु युद्धबाट बचेर जीवत रहेका छन् उनीहरुलाई पनि तनाव, अनिन्दा, अबसाद र डरले घर गरेको छ । त्यहाका ९६ प्रतिशत बाल बच्चाहरु बाच्न चाहाँदैनन् ।उनीहरु नजिकबाट आफ्नो मृत्युलाई देखिरहेका जस्ता छन् । त्यहाँका ४९ प्रतिशत बाल बच्चा ठान्दछन् कि उनीहरुको मृत्यु भइहालेको भए बरु राम्रो हुने थियो । निदरल्याण्डको एउटा संस्था ‘वार चाइल्ड एलायन्स’ले डरलाग्दो र हृदयबिदारक तथ्यांकहरु संकलन गरेको छ ।त्यसमा त्यस्ता प्यालिस्टिनी परिवारहरुलाई शामेल गरिएको छ जसको एउटा बच्चा युद्धमा परेर अपांग भएको छ या परिवारबाट  छुटेर बेपत्ता हुन पुगेको छ ।
सर्बेक्षणमा शामेल गरिएका त्यस्ता बच्चाहरुमा ९२ प्रतिशत बाल बच्चा युद्धको सत्य स्वीकार गर्न अझै तयार छैनन् । गाजाको सम्पूर्ण बातावरणमा युद्धका बम र बारुदहरुको गन्ध फैलिएको छ । दृष्य यस्तो बताइन्छ कि ७९ प्रतिशत बाल बच्चाहरु सपनामा पनि तर्सिने र शर्माउने गर्दछन् । ती मध्येका ७३ प्रतिशत अबोध बालबच्चाहरु यत्ति दिक्क र चिडचिडहटमा परेका छन् कि उनीहरुको ब्यवहार रिसाहा र क्रुर जस्तो बन्न पुगेको छ ।
\त्यहाँको यस्तो भयावह, बिदीर्ण र असैह्य बातावरण देखेर दुःखी बनेका पेलेस्टिनी प्रधानमन्त्री मोहम्मद सतायेह समेत उनको पूरै सरकारले राजीनाम दिइसकेको छ । उता सैनिक अपरेशनमा शामेल भएका एकजा अमेरिकी वायु सैनिकद्वारा वाशिङ्गटन डिसीमा इजरायली दूतावास बाहिर स्वयं आफुलाई आगो लगाउनाले पनि वातावरण अत्यन्तै गम्भीर हुन पुगेको देखिन्छ । संयुक्त राष्ट्रद्वारा युद्ध बिरामको प्रस्ताव पनि पारित भइसकेको छ । जसको बिश्वका १५८ राष्ट्रहरुले अनुमोदन गरिसकेका छन् । हुन त  कतिपय अवसरमा संयुक्त राष्ट्र संघद्वारा युद्ध बिरामका लागि कयौं यस्ता प्रस्तावहरु पारित भएका हुन् तर सबै प्रयास असफल रहने गरेका छन् । यतिसम्म कि इजरायललाई ‘लिस्ट अफ शेम’ अर्थात ‘शर्मको सूची’पनि शामेल गरिसकेको छ, त्यसमा इजरायलमाथि बालबच्चाहरुका बिरुद्ध गम्भीर अधिकार उल्लंघको आरोप छ, जसलाई लिएर सम्पूर्ण इजरायलमा रोष फैलिएको पनि बताइन्छ ।अन्तर्राष्ट्रिय समुदायका बीच यसबाट इजरायलको छबिमा अबश्य नराम्ररी आघात पुगेको छ ।
उता निरन्तर अमेरिकी सहयोग हुँदाहुँदै पनि इजरायलको अर्थब्यवस्था नराम्रोसँग चर्मराउन थालेको छ । बितेको महिनाको मात्र कुरा गर्ने हो भने पनि त्यहाँको जीडीपी ०.७ प्रतिशतमा झरेको थियो । राजकोषीय घाटा पनि जीडीपीको ८ प्रतिशत जति पुगिसकेको बताइन्छ । इजरायलको ठूलो चिन्ताको कारण उसको ब्यापारिक केन्द्र – तेल अभिव र जेरुशलेमसम्म युद्धको पहुँच पनि छ । गएको जनवरीमा मात्र इजरायलको ऋण जीडीपीको ६२ प्रतिशत पुगेको थियो । जुन धेरैजसो धनाढ्य देशहरुको ओइसीडी क्बलको सरदरभन्दा कम छ । फीच र मूडीज जस्ता बिश्वका चर्चित रेटिङ्ग एजेन्सीहरुले यस बर्ष फेरि पनि इजरायलको रेटिङ्ग घटाइसकेका छन् । अनि निकट भबिष्यमा पनि त्यसैलाई दोहोर्याइने सम्भावना बनिरहेको छ ।
दुई बर्ष पहिलाको हमासको निकै ठूलो आश्चर्यजनक हमलादेखि यता इजरायलले ८० हजार पेलेस्टिनी श्रमिकहरुको वर्कपर्मिट रद्द गरिदिएको छ र तिनको ठाउँमा अरु कसैलाई पनि राखेको छैन । त्यसबाट निर्माण उद्योगहरु  ४० प्रतिशतभन्दा अझ तलको  सानो स्थितिमा खुम्चिन पुगेका छन् । यस्तै उल्लेख छ ।
अहिललाई त सतहीरुपमा हेर्दा युद्ध बिरामको अबस्था छ । तर यसलाई युद्ध समाप्त भएको कसैले भन्न सक्तैन । त्यही माथि आफ्नो दोश्रो कार्यकालको आरम्भसँगै  अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बयानले त शान्ति प्रकृयाका सबै सम्भावनाहरुमाथि नराम्रोसँग पानी खन्याइदिएको छ । आफ्नो कार्यकाल शुरु गरेपछिको पहिलो अतिथि इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूलाई बोलाएर पत्रकार सम्मेलनमा ट्रम्पले गाजाका बारेमा नेतान्याहूलाई समेत राखेर जे जस्तो बयान दिए  त्यसले बिश्वमै ठूलो तरङ्ग पैदा गरेको छ । उनले सिधै भनेका छन् कि अमेरिकाले गाजापट्टीमा कक्जा गर्ने छ, त्यहाँ एउटा ‘रिसोर्ट सिट’अर्थात ‘रिभेरा’ बनाइनेछ  । गाजामा रहने गरेका २३ लाख पेलेस्टिनीहरुलाई मिश्र(इजिप्ट) र जोर्डन जस्ता देशहरुमा धकेलिने छ । तर साऊदी अरब, मिश्र, जोर्डन, कतार र तुर्कीए जस्ता देशहरुले खुलेरै ट्रम्पको यो प्रस्तावको बिरोध जनाएका छन् । अनि अमेरिकाका दर्जनौ सांसदहरुले पनि ट्रम्पको त्यो प्रस्तावको बिरोध गरेका छन् । ती सांसदहरुमा रिपब्लिकन र डेमोक्रेट दुबै पक्षका छन् । अनि नेतान्याहूको इजरायलमा पनि यो प्रस्तावको बिरोध भइरहेको छ । यी सबै स्थिति र अन्य कतिपय कारणहरुले गर्दा समेत अझै पनि मध्य पश्चिम एशियामा शान्तिको साटो युद्ध भड्किने सम्भवान नै बढनसक्ने सुक्ष्म बिश्लेषहरुको गम्भीर अनुमान छ ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

४ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक