काठमाडाैं । आज सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
चाँदीको भाउ ३५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा काराेबार भएकाे थियो ।