काठमाडाैं । बजारमा किवीको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांक हेर्दा सोमबार कालीमाटी बजारमा किवी प्रतिथोक मूल्य न्यूनतम ४ सय ५० देखि अधिकतम ४ सय ८० रूपैयाँसम्म पुगेको छ।
एक साता अघि कालीमाटी बजारमा किवी दुई सयदेखि दुई सय ५० रूपैयाँ किलोमा कारोबार भइरहेको थियो। किवीको सिजन सकिन लागेसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू जनाउँछन्।
अहिले बजारमा नेपाली किवी सकिएको छ। चीन, भारत र युगाण्डाबाट किवी आयात भइरहेको छ। थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।
अहिले उपभोक्ताले गुणस्तरीय किवी पाँच सयदेखि पाँच सय ५० रूपैयाँ किलोसम्म तिरिरहेका छन्।


