बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केआईआईटीले नेपाली विद्यार्थीमाथि लगाइएको निलम्बन फिर्ता लिएको घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
केआईआईटीले नेपाली विद्यार्थीमाथि लगाइएको निलम्बन फिर्ता लिएको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणा गरेको छ । केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।

“विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र सामान्य शैक्षिक गतिविधिमा भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप स्पष्ट पार्दै भनिएको छ, “यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ । यसैअनुसार शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको छ । शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उदेशयले यो कदम चालिएको थियो ।”

केआईआईटीले थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई स्थानीय सोधपुछ पूरा नभएसम्मको लागि घर फर्किन सल्लाह दिइएको जनाएको छ ।

आइतबार राति केआईआईटी विश्वविद्यालयको गल्र्स होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको घटनालाई विज्ञप्तिमा दुर्भाग्यपूर्ण र अप्रत्याशित बताइएको छ ।

आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको आशंका गरिएको छ । घटनाको प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको जनाइएको छ ।

“छात्राका साथीहरूले उनी एक केटासँग सम्बन्धमा रहेको खुलासा गरेका छन्, जसकारण यो हृदयविदारक घटना भयो । केटालाई प्रहरीले तुरुन्तै विमानस्थलमा पक्राउ गरेको थियो र हाल प्रहरी हिरासतमा छन्,” विज्ञप्तिमा भनिएको छ ।

केआईआईटी प्रशासनले शान्तिपूर्ण रूपमा स्थिति व्यवस्थापन गर्न १० घण्टाभन्दा बढी समय परामर्श र छलफलमा संलग्न भएको विज्ञप्तिमा उल्लेख छ ।

“तर केही प्रदर्शनकारीहरू विश्वविद्यालय अधिकारीहरूको कुरा सुन्न अनिच्छुक देखिए र अवरोध सिर्जना गर्न जारी राखे, जसले कानुन र व्यवस्थालाई चुनौती दियो । उनीहरूले घण्टौँसम्म मुख्य सार्वजनिक सडक अवरुद्ध गरे, जसले गर्दा असुविधा भयो र तनाव बढ्यो । थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न, नेपाली विद्यार्थीहरूलाई स्थानीय सोधपुछ पूरा नभएसम्म स्थानीय अभिभावकहरूको सहयोगमा स्वेच्छाले आ–आफ्नो स्थानमा फर्कन सल्लाह दिइएको हो,”
विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।

त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।

मृतक छात्रा बी.टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।

यो पनि पढ्नुहोस्

करेन्ट लागेर तनहुँमा ३ जना घाइते

करेन्ट लागेर मृत्यु

१६ मिनेट अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

यस्ताे छ आजकाे माैसम

ग्यास अभाव झन् चुलिँदै

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट हुनुपर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक