आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

मर्जरका लागि उपयुक्त ‘पार्टनर’ खोज्दै करिब एक दर्जन बैंक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आजदेखि बैंकहरुक नयाँ ब्याजदर सुरु

Bank sign on glass wall of business center

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 रिता राउत

काठमाडौं । केही वर्षअघि बैंकहरूमा मर्जरको लहर नै चल्यो । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पुँजी बढाउन मर्जरमा जान दबाब दिएपछि वाणिज्य बैंकहरू धमाधम एक आपसमा गाभिए । वाणिज्य बैंकको सङ्ख्या एक दर्जनले नै घट्यो । ३२ वटा वाणिज्य बैंक रहेकोमा त्यो सङ्ख्या घटेर २० मा झर्‍यो ।

त्यसबेला केही बैंकहरु ‘बिग मर्जर’मा पनि गए । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज भए । प्रभु र सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, हिमालयन र सिभिल बैंक, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नबिल र बंगलादेश लगायत बैंकहरू मर्जरमा गए ।

यी बाहेक अन्य केही बैंकहरू पनि मर्जरमा जाने कसरत गरे । उनीहरू मर्जरमा जाने तयारी थालेपनि जान भने सकेनन् । त्यसपछि विस्तारै वाणिज्य बैंकहरूमा मर्जरको लहर सेलाउँदै गयो ।

तर, पछिल्लो समय फेरि केहि वाणिज्य बैंकहरूले मर्जरमा जाने तयारी थालेपछि बैंकहरूमा मर्जरको लहर पुनः चल्ने चर्चा छ । यसअघि पनि ‘मर्जर’ मा सामेल भएको नबिल बैंक फेरि पनि मर्जरको लाइनमा छ ।

नबिल बैंकको ४० औँ वार्षिक साधारण सभाको विशेष प्रस्तावमा भनिएको थियो, ‘नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन)गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।’

बैंकको उक्त प्रस्ताव गत मंसिर २७ गते बसेको साधारण सभाले पारित गरिसकेको छ ।

नबिल बैंक यसअघि पनि मर्जरमा गइसकेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंक २०७९ सालमै मर्ज भएर एकीकृत कारोबार सुरु गरेका थिए । मर्जरपछि पनि बैंकलाई पुँजीकोषमा दबाब परेपछि अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिने तयारी थालेको देखिन्छ ।

नबिल बाहेक अन्य केही वाणिज्य बैंकहरूले पनि साधारण सभा मार्फत मर्जर जाने विशेष प्रस्ताव पारित गरेका छन् । प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंकले वार्षिक साधारण सभाबाट मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् ।

मर्जरको नीति अघि सारेको प्राइम कमर्सियल बैंकको १७ औँ वार्षिक साधारण सभाबाट यसबारे विशेष प्रस्ताव पारित भइसकेको छ । यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गरी एक आपसमा मर्ज (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव थियो ।

मर्जरको तयारीमा रहेको अर्को वाणिज्य बैंक हो, नेपाल एसबीआई बैंक लिमिटेड । यस बैंकले पनि उपयुक्त पार्टनर भेटिए मर्जरमा जाने भन्दै साधारण सभा मार्फत विशेष प्रस्ताव पारित गरेको छ ।

बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति, सम्झौता र प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामहरू गर्न गराउने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको हो ।

हालसम्म मर्जरमा सामेल नभएको सिटिजन्स बैंक इन्टरनेसनल पनि मर्जरको लाइनमा रहेको देखिन्छ । यस बैंकले १८ औँ साधारण सभा मार्फत मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको हो ।

‘सिटिजन्स बैंक इन्टरनेसनल र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने’, बैंकले सभामा विशेष प्रस्ताव गर्दै भनेको थियो ।

उक्त प्रस्ताव पारित गर्दै सभाले यस प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

विकास बैंकहरू पनि लाइनमा

सात विकास बैंकहरुले पनि उपयुक्त पार्टनर भेटिए मर्जरका जाने तयारी गरिरहेको पाइएको छ । मर्जरमा जानका लागि कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले साधारण सभाबाट प्रस्ताव पारित गरिसकेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले मर्जरका लागि बाटो खुल्ला गरिसकेको छ । बैंकको साधारण सभाले गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी काम गर्ने र अन्य प्रक्रिया पुरा आवश्यक काम पुरा गर्ने प्रस्ताव पारित गरिसकेको छ । जसका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।

गरिमा विकास बैंक पनि अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्तिमा जाने भएको छ । बैंकले यसबारे सहमति पत्र तयारगरि हस्ताक्षर लगायतका सबै कार्य पूरा गर्ने अख्तियार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

ज्योती विकास बैंकले पनि मर्जरका लागि प्रस्ताव पारित गरिसकेको छ । प्रधान कार्यालय सुनसरीको धरानमा रहेको मितेरी डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारण सभाको विशेष प्रस्तावमै मर्जरको विषय थियो ।

जहाँ भनिएको थियो, ‘यस बैंक र अन्य बैंक एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।’

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२ घण्टा अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

३ घण्टा अगाडि

मर्जर प्रक्रियामा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्ने पनि प्रस्ताव गरिएको थियो । साधारण सभाले यी सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

मर्जर जालान् तत्कालै ?    

साधारण सभा मार्फत मर्जर प्रस्ताव पारित गरेका यी बैंकहरु उपयुक्त ‘पार्टनर’ भेटिए मर्जरमा जाने देखिन्छन् । मर्जरका लागि उनीहरूले पार्टनर खोजिरहेको बुझिन्छ ।  तर, अहिले नै नबिल बैंक मर्जरमा गइहाल्ने तयारी नरहेको नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालको जिकिर छ ।  साधारण सभाबाट मर्जरको प्रस्ताव पारित गर्ने वित्तीकै बैंक मर्जरमा गइहाल्ने अवस्था नहुने उनको तर्क छ ।

अध्यक्ष पौड्यालले नेपालप्रेससंग भने, ‘यदि मर्जरमा जानु परेमा बैंक जान सक्छ भनेर प्रस्ताव पारित गरिरहेको मात्रै हो । अहिले नै गइहाल्ने भन्ने होइन । जानु परेको अवस्थामा बाटो खुल्ला राखौँ भनेर प्रस्ताव पारित गरेका हौँ ।’

बजारमा नबिल बैंक मर्जरमा जाँदैछ भनेर हल्ला भएजसरी तत्कालै जाने अवस्था नरहेको उनले दाबी गरे । अन्य बैंकहरुले पनि बाटो प्रशस्त गरिराखेको हुनसक्ने बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्षसमेत रहेका पौड्यालको भनाई छ ।

 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड पनि मर्जरमा जाने लाइनमा छ । उपयुक्त पार्टनर भेटिए शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड पनि मर्जरमा जाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लोकराज पनेरु बताउँछन् । आफूहरूले मर्जरको प्रस्ताव पारित गरेर मार्ग प्रशस्त गरिसकेको उनले जानकारी दिए । 

सीईओ पनेरुका अनुसार बैंकको १६ औँ वार्षिक साधारण सभाले यस बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त संस्था पहिचान गरेर सहमति पत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित गरिसकेको छ । जसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइएको छ ।

मर्जरको लागि माग प्रशस्त गरेपनि हालसम्म उपयुक्त पार्टनर नभेटिएको उनले जानकारी दिए । ‘हामीले मर्जरमा जानका लागि मार्ग प्रशस्त गरिसकेका छौँ । तर हालसम्म त्यस्तो पात्र कोही भेटिएका छैनन् । यदि भेटिए हामी मर्जरमा जान्छौँ’, उनले भने । नेपाल प्रेसबाट

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक