जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरि कोसी, बागमती, गण्डकी, कर्णााली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले शनिबार ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।’
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक