सुर्खेत । तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस दुर्घटनामा परेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए । खड्काका अनुसार भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु सवार थिए।