बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरूसँग सहकार्यको प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरूसँग सहकार्यको प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेससँग सत्ता सहकार्यमा रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरूसँग सहकार्यको प्रस्ताव गरेका छन्।

सरकारले जारी गरेका ६ वटा अध्यादेश संघीय संसदबाट स्वीकृत गराउन सरकारलाई सकस परेपछि महासचिव पोखरेलले कम्युनिष्ट पार्टीहरुबिचको ध्रुवीकरणको आवश्यकता औल्याएका हुन्।

राष्ट्रिय सभामा जनता समाजवादी पार्टी नेपालको ३ सिट निर्णायक देखिएपनि उसले अध्यादेश स्वीकृत गराउने सरकारको प्रस्तावमा सघाउन तयार नभएपछि उक्त समस्याको गाँठो फुकाउन महासचिव पोखरेलले शनिबार नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग टेलिफोन वार्तामार्फत सहयोगको आग्रह गरेका थिए। तर, ओलीसँग चिढिएर अध्यादेशको सशक्त विरोधमा उत्रिएको माओवादीले पोखरेलको प्रस्तावलाई ठाडै अस्विकार गरेको समाचार प्रकासित भएको थियो।

नेता पुनले उक्त वार्ताको विषय मिडियामार्फत नै सार्वजनिक गरिदिएपछि महाचिव पोखरेलले अनौपचारिक वार्ताको कुरासमेत बाहिर ल्याएकोमा पुनप्रति रुष्टता पनि व्यक्त गरेका छन्।

आइतबार बिहान सामाजिक संजालमार्फत उक्त रुष्टता सार्वजनिक गर्दै आफ्नो आग्रह दीर्घकालीन राजनीतिमा कम्युनिष्टहरुबीचको ध्रुवीकरणका लागि गरेको स्पष्टीकरण दिएका छन्। तर, पुनले उक्त कुरा नबुझी अनौपचारिक कुरालाई बाहिर ल्याएको उनको आरोप छ। उनले वर्षमानलाई फोन गरेकै कारणले वलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारवाजी वचकनापन भएको जनाए।

‘जहाँसम्म राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा (एमाले)को नीति स्पष्ट छ। विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो। अब पुनःत्यहीं काम गर्नु उचित हुँदैन। कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो हो। वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ,’ महासचिव पोखरेलले फेसबुकमार्फत भनेका छन्।

यसका अतिरिक्त पोखरेलले यसअघि आफूले दिएका अभिव्यक्तिमा दुई दलीय प्रतिस्पर्धाको अभिव्यक्तिबाट पनि पछि हटेको स्पष्ट छनक दिएका छन्। उनले साना कम्युनिष्ट दलहरुलाई समेत समेट्ने आशय व्यक्त गरेका छन्।

यसबारे स्पष्ट पार्दै भनेका छन्,’जहाँसम्म राजनीतिक स्थायित्वका लागि बलिया दलहरुको निर्माण गर्नु पर्दछ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरुलाई सम्वैधानिक र कानूनी रुपमा निषेध गर्नु होइन र त्यसो गरिने पनि छैन। बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक धुवीकरणको वाटोवाट हासिल गरिने विषय हो। अहिलेको हंग पार्लियामेन्ट भित्रको धेरै दलसंगको सहकार्यले त्यसको औचित्य खण्डित हुदैन। बरु त्यसको महत्वलाई वर्तमान घटनाक्रमले झनै पुष्टि गरेको छ।

यो पनि पढ्नुहोस्

भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण

१ दिन अगाडि
जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

जेनजी आन्दोलन नयाँ जागरण विस्फोटको रुप

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक