आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णसिंह धामी

काठमाडौं । ९ महिना युक्रेनी अध्यागमनको हिरासतमा रहेका दुई जना नेपाली स्वदेश फर्किएका छन् । त्यसरी फर्किनेहरूमा दोलखाका शेर साङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन् । भाषा अध्ययनसँगै रोजगारीका लागि युक्रेन पुगेका उनीहरूलाई अध्यागमनले कानुन तोडेको केशमा नियन्त्रणमा लिएको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिएर ९ महिनादेखि युक्रेनी अध्यागमनको हिरासतमा राखिएको थियो । बर्लिन जर्मनीस्थित नेपाली राजदूतावास, युक्रेनस्थित श्रीलंकन काउन्सुलर, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका विभिन्न संघ संस्थाको पहलमा उनीहरू दुवै जना रिहा भएर नेपाल फर्किन सफल भएका हुन् ।

शुक्रबार दिउँसो नयाँदिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण गरेका दुवै जनाले आफूहरू कसरी युक्रेन पुगेको ? कसरी सेनाको नियन्त्रणमा रहेको अध्यागमनको हिरासतमा पुगेको ? र कसरी उद्धार भएको विषयमा सञ्चारकर्मीहरूसँग कुराकानी गरेका छन् ।

भाषा अध्ययनसँगै रोजगारीका लागि युक्रेनको यात्रा  

दोलखाका शेर साङ्बो शेर्पाले विदेश गएर पैसा कमाउने सोच बनाए । केही वर्षको विदेशमा गरिने दुःखले नेपालमा आफ्नो भविष्य राम्रो हुने भन्दै विदेश जाने योजना बनाइरहेका थिए । त्यही बेला सामाजिक सञ्जालमा युक्रेनको रोजगारीबारे विज्ञापन देखे । उनले त्यसका लागि आफू इच्छुक रहेको जनाए ।

युक्रेन र रसियाबिच युद्धबारे जानकार थिए । तरपनि ख्यालख्यालैमा फेसबुकमा आएको विज्ञापनबारे चासो व्यक्त गरे । सोधीखोजी गर्ने क्रममा भारतको नयाँ दिल्लीमा रहेको एजुकेशन कन्सल्टेन्सीबाट उनलाई सम्पर्क गरियो । स्टुडेण्ड भिसामा युक्रेन जान एकदमै सहज हुने सुझाव दियो ।

त्यसपछि उनीसँगै जोडिए, तेह्रथुमका फुर्वा शेर्पा । दुवै जनाले भाषा अध्ययनसँगै रोजगारीका लागि भन्दै विदेश जाने प्रक्रिया अगाडि बढाए ।

गत वर्षको फेब्रअरीमा उनीहरूले भिसा प्रक्रिया अगाडि बढाए । दिल्लीस्थित एजुकेशन कन्सल्टेन्सीले उनीहरूलाई पासपोर्टको फोटोकपी पठाउन भनियो ।

दुवै जनाले पासपोर्टको फोटोकपी ह्वाट्सएप मार्फत पठाए । युक्रेन–रसिया युद्धका कारण जानैपर्छ भन्ने थिएन । तरपनि कुनै न कुनै देश जानै पर्छ भन्ने मनसायका साथ उनीहरूले ती एजुकेशन कन्सल्टेन्सीका दलाललाई आफ्नो पासपोर्टको फोटोकपी दिएका थिए ।

 शेर साङ्बो शेर्पाको भनाइ

‘केही समयमै भिसा लाग्यो भनेर खबर आयो । युक्रेन दूतावासले सुरुमा ९० दिनको स्टुडेण्ट भिसा दियो । भिसा आयो भनेर दलालले भनेपनि जान चाहेनौँ । युद्धग्रस्त भएकाले जाने कि नजाने भन्नेमा दोधारमा थियौँ । त्यसैले भिसा सकिने बेलासम्म नेपालमै बस्यौँ । नजाने होला भनेर नेपालमै बस्यौँ  ।

उता भारतबाट दलालहरूले तिमीहरूको जस्तो भिसा अरू कसैको सजिलैसँग लागेको छैन भनेर फोन गर्न थाले । अब एक हप्ता बाँकी छ, जाने भए जाऊ नजाने भए पैसा फिर्ता पाउँदैनौँ भने । त्यसपछि ठिकै छ भनेर जाने मनसाय बनाए । तिमीहरू जाने ठाउँ सुरक्षित नै हो भनेपछि उनीहरू दुवै जना जान तयार भए । त्यो बेला उनीहरूले ६÷६ लाख रुपैयाँ बुझाएका थिए । पछि जाने बेला डलर साट्न थप २ लाख रुपैयाँ खर्च भयो ।

भिसा सकिन केही दिनमात्रै बाकी रहेको बेला उनीहरू युक्रेन उडे ।

युक्रेन पुगेपछि युनिभर्सिटीले किन ढिला आएको ? ४५ दिन अगाडि आउनुपर्ने, तपाईँहरूको डकुमेन्ट ईश्यु गर्न टाइम लाग्छ भन्यो । जबकि त्यो बेला भिसाको म्याद सकिन ५ दिनमात्रै बाँकी थियो ।

भिसाको म्याद सकिएको ८/१० दिन भइसकेको थियो । उनीहरू युनिभर्सिटीमा बस्दै आएका थिए ।

‘आज यसो बाहिरतिर घुम्न जाउन् भनेर हामी दुवै जना साथीहरू बाहिर निस्कियौ । निस्कँदा साथमा पासपोर्ट बोकेर हिँडेका थियौँ । ट्रेन चढेर गयौँ । एक ठाउँमा पासपोर्ट हेर्‍यो, केही गरेन अनि छोडिदियो,’ शेर साङ्बोले भने, ‘घुम्दै जाँदा नेपालको गाउँ जस्तै देखियो । हामीलाई झन् रमाइलो लाग्यो । आफ्नै गाउँघर जस्तै लागेपछि हामी त्यतातिर लाग्यौ । जाँदै गर्दा गस्तीमा रहेको सैनिकले हामीलाई रोक्यो । के हो भनेर हामीलाई केरकार गर्न थाल्यो । त्यसपछि हामीले आफ्नो पासपोर्ट देखायौँ । पासपोर्टमा भिसा सकिएको देखेपछि सिधै हामीलाई उनीहरूको ब्यारेकभित्र लग्यो । भित्र लगेर डिपोर्ट हानिदियो ।’

डिपोर्ट हानेपछि उनीहरू दुवै जनालाई नेपाल पठाउन पटक पटक प्रयास गर्‍यो । तर, कानुनी प्रक्रियाका कारण पठाउन नसकेको जानकारी अध्यागमनका अधिकारीहरूले गराइरहन्थे ।

लामो समयसम्म प्रक्रिया चलिरह्यो । र अन्ततः जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले पहल थाल्यो । युक्रेनमा नेपाली राजदूतावास छैन । बर्लिनको दूतावासले युक्रेनमा रहेको श्रीलंकाको कन्सुलरलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्‍यो ।

त्यसपछि श्रीलंकाको कन्सुलरले उनीहरूलाई नेपाल फिर्ता पठाउन महत्त्वपूर्ण भूमिका खेल्यो । उनीहरू सकुशल नेपाल फर्किन पाए ।

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२ घण्टा अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

३ घण्टा अगाडि

अध्यागमनको हिरासतमा बस्दा कहिले पनि नराम्रो व्यवहार नगरिएको उनीहरूको भनाइ छ ।

 

‘हामीलाई त्यस्तो अमानवीय कुनै प्रकारको व्यवहार भएन । झन् कसैले कुटपिट गरेको छ कि भनेर चेकअप समेत गर्थे । एकदमै राम्रो व्यवहार भयो,’ फुर्वाले भने ।

तर, हिरासत बसाइँको क्रममा एकदम मानसिक पीडा भएको उनीहरूको भनाइ छ ।

अध्यागमनबाट आवश्यक कागजात हात परेको डेढ महिनाभित्रमा नेपाल फर्किन सफल भएको फुर्वाले बताए ।

फर्किने बेला सैनिकले नै पासपोर्ट दिएर बोर्डरसम्म पुर्‍याएको थियो ।

‘जाने बेला सेनाले राम्रोसँग जाऊ, परिवारसँग मिल्नु भनेर एकदमै राम्रोसँग पठाए । एक दिन आफ्नै गाडीमा हालेर राति परेपछि आफ्नै क्याम्पमा राखे । भोलीपल्ट आएर सिमानामा छोडिदिए । त्यहाँबाट दिल्ली हुँदै हामी नेपाल आइपुगेका हौँ,’ शेर साङ्बोले भने ।

भिसा लागेकै बेला गएको भए केही समस्या हुँदैन थियो । तर, उनीहरूले सुरुमा अलमल गर र भिसा सकिने बेला मात्रै जाँदा समस्यामा परे ।

युद्ध भएको देशमा मजाक–मजाकमै जाने सोच बनाएका थिए । तर, सहजै रूपमा भिसा लागेपछि उनीहरू जान तयार भए । युक्रेन जान ६ लाख रुपैयाँ खर्च हुने, महिनाको एक लाख कमाई हुने भनेपछि उनीहरू जान तयार भए ।

‘प्रलोभवनमा परेर गयौँ । हामीले दुःख पाउनुको मुख्य कारण ढिला गएर हो । भिसा लाग्नेविक्तिकै गएको भए केही समस्या हुँदैन थियो । प्रलोभनमा परिरहेका छन्, दिल्लीबाट फोन आइरहन्छ । अन्यलाई पनि आउनुहोस् भनेर प्रलोभन दिने गरेका छन् । त्यस्तो प्रलोभनमा नपर्न सबैमा अनुरोध गर्दछौँ,’ शेर साङ्बोले भने ।

सकुशल फर्किदा युद्ध जिते जस्तो भयो 

सकुशल नेपाल आउन पाउँदा युद्ध नै जिते जस्तो लागेको उनीहरूको भनाइ छ । उनीहरूको चाहना भनेको युद्धग्रस्त देशमा कोही पनि नेपाली नजाउन् भन्ने रहेको छ ।

अहिलेको अवस्थामा युक्रेन जानु भनेको सुगाको पिँजडामा पर्नु जस्तै रहेको शेर साङ्बोको भनाइ छ ।

‘वर्तमान अवस्थामा युक्रेन जानु भनेको सुगाको पिँजडामा पर्नु जस्तै रहेछ । जहाँ पुगेपनि बाहिर निस्किन धेरै कठिन रहेछ । अझै पनि भारतीय बाटो हुँदै युक्रेन जाने धेरै नेपाली छन्,’ उनले भने , ‘त्यसलाई रोक्न भारत सरकारसँग समन्वय गरेर तत्काल कुनै पनि नेपालीको पासपोर्टमा युक्रेनी भिसा देख्ने  बित्तिकै एयरपोर्टबाट जान नदिई फस्नबाट जोगाइदिन हार्दिक अनुरोध गर्न चाहन्छु ।’

साथै रसियाको आर्मीमा भर्ना भई युक्रेनसँग लड्न जाने क्रममा केही नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेर हिरासतमा रहेका बुझ्नमा आएकाले उनीहरूको रिहाइका लागि समेत अनुरोध गरे ।

आफूहरूलाई शारीरिकभन्दा पनि मानसिक तनाव रहेको फुर्वाको भनाइ छ ।

‘केही गर्ने सपना बोकेर युक्रेन गएका थियौँ । भाषा अध्ययनका लागि युक्रेन जाने क्रममा जुन कल्पना गरेर गएका थियौँ । तर, त्यो पुरा हुन सकेन,’ फुर्वाले भने ।

उनीहरूलाई लामो समय नेपाल फिर्ता गर्न नसक्नुको कारण ट्रान्जिट भिसा भएको अध्यागमनका अधिकारीहरूले बताएका थिए ।

हिरासतको बसाइका क्रममा हप्तामा २ पटक फोन गर्न दिइने गरेको फुर्वाको भनाइ छ । त्यही बेला घर परिवारसँग कुरा गर्नुका साथै आफूहरूको उद्धारका लागि विभिन्न संघ संस्थाहरूसँग तथा सरोकारवाला निकायसँग गुहार मागेको फुर्वाको भनाइ छ ।

‘भाग्यवश भगवानको कृपाले अहिले फर्किन सफल भएका छौँ । म अहिले बोल्न सक्ने अवस्थामा छैन । सबैको पहलबाट हामी नेपाल आउन सफल भएका हौँ,’ फुर्वाले भने ।

उनीहरूले कुनै नेपालीलाई अहिलेको अवस्थामा युक्रेन नपठाउन अनुरोध गरे । राताेपाटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक