शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माकेबाट जनताको सेवामा जुट्ने अभियान सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
माकेबाट जनताको सेवामा जुट्ने अभियान सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको जनाएका छन् ।

माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्मसमीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको जनाए ।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ’, अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ ।’

पार्टीले के के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रूपमा जनताको बिचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने जनाए ।

‘हिजो क्रान्तिको बेलामा जङ्गलमा होइन, जनताको काखमा थियौँ बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जङ्गलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौँ ।’

अहिले प्राप्त चेतना र जिम्मेवारीबोधसाथ २०६४ को जनमतबिच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने प्रचण्डको भनाइ छ ।

‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिङ्गो पार्टी पङ्क्ति देशव्यापी अभियानमा जुट्ने छ’, प्रचण्डको भनाइ छ ।

उनले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको जनाए ।

आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको भन्दै उनले आफ्नो कार्यकालमा भएका कामहरूको चर्चा गरे ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार संविधान र लोकतान्त्रिक भावना विपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको भन्दै संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरङ्कुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको घामजस्तै स्पष्ट भइसकेको जनाए ।

यो पनि पढ्नुहोस्

प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त

सङ्क्रमणकालीन न्याय प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउन माग

९ घण्टा अगाडि
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

संसद् अधिवेशन स्थगन

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

बिष्णु चित्रकारको श्रद्वाञ्जली कार्यक्रम (भिडियाे सहित)

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक