काठमाडौं । काठमाडौं महानगरपालिका-२७ असनस्थित सुनिल तुलाधरको घरमा रहेको इलेक्ट्रिक सामान तथा भाँडा गोदाममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गोरखा, चुमनुव्री गाउँपालिका-६ ताजु बस्ने ताजु कुल जंगको ३ वटा घरमा बिहीबार दिउँसो आगलागी हुँदा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
कास्की, पोखरा महानगरपालिका-७ पार्दीस्थित जिल्ला कारागार कास्कीको ब्लक बी भित्र रहेको चमेना गृहमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा टिभि १ थान, डिफ्रिज २ थान लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाजुरा, हिमाली गाउँपालिका-५ बच्छया बस्ने गौरी मलालको घरमा बिहीबार साँझ आगलागी हुँदा घर भित्र रहेका २ तोला सुन, नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान जलेर करिब ७ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।