शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अध्यादेशबाट रित्तो ग्रागीलाई सिंहदरबार प्रवेशमा रोक लगाऊँ !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अध्यादेशबाट रित्तो ग्रागीलाई सिंहदरबार प्रवेशमा रोक लगाऊँ !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

निमकान्त पाण्डे

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको ६ महिना पुगिसकेको छ । दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धनमा बनेको यो सरकारले सुशासन र समृद्धिको प्रत्याभूति दिने आशा थियो । त्यसविपरीत सरकारको अहिलेसम्मको काम निराशाजनक छ । अर्कोतर्फ संसद् छल्दै सरकारले अध्यादेशबाट शासन गर्न खोजेपछि आलोचना भइरहेको छ । सरकारले व्यापारी व्यवसायी, दलका कार्यकर्ता, नेताका नजिकका व्यक्ति, बिचौलियालाई फाइदा पुग्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेशमार्फत सरकारले भ्रष्टाचार, अनियमिततामा संलग्न भई अदालतबाट धरौटीमा थुनामा रहेकालाई उन्मुक्ति दिने प्रयास गरेको छ ।

जनताको हितमा काम गर्न नसकेकै कारण सरकारमाथि प्रदेशदेखि पालिकाका जनप्रतिनिधिले पनि प्रश्न उठाइरहेका छन् । यसको उदाहरण हो, पछिल्लो समय धरानका मेयर हर्क साम्पाङ रित्तो ग्रागी बोकेर सिंहदरबारमा आइपुग्नु । धरानमा लामो समयदेखि खानेपानीको चरम अभाव छ । राजनीतिक दलका नेताहरुले पटकपटक यही मुद्दालाई देखाएर चुनाव जिते । तर आजसम्म धरानमा खानेपानीको समस्या समाधान गर्न सकेका छैनन् । हिउँदमा जहिल्यै पनि धरानका बासिन्दा काकाकुल बन्नुपर्ने अवस्था छ । नेताहरुका अक्षमताकै कारण गत पालिका चुनावमा धरानका जनताले स्वतन्त्रबाट उठेका हर्कलाई मेयरमा निर्वाचित गरे । मेयर हर्कले आफ्नै बलबुतामा श्रमदानबाट अस्थायी रुपमा पाइपमार्फत विभिन्न स्रोतबाट खानेपानी ल्याउने प्रयास गरे । वर्षायाममा यो प्रयासअनुसार अलिअलि खानेपानी आए पनि हिउँदमा समस्या उस्तै छ । त्यही कारण संघीय सरकारलाई झक्झाउन रित्तो ग्रागी बोकेर राजधानी काठमाडौं आइपुगेका हुन् । तर, सरकारलाई भने जनताका यस्ता वास्तविक समस्या समाधानमा फुर्सद देखिँदैन ।

काठमाडौंका मेयर बालेन शाहले पनि बेलाबेलामा संघीय सरकारमाथि निशाना साँध्ने गरेका छन् । कंलकीबाट महाराजगन्जसम्म चक्रपथ विस्तारमा भइरहेको ढिलाइको विषय उठाउँदै बालेनले सडक विभागमा फोहोर नै लगेर फालिदिएका थिए । सरकारले अहिले ल्याएको भूमिसम्बन्धी अध्यादेशले सुकुम्बासी समस्या समाधान नगर्ने उल्टै दलका कार्यकर्तालाई जग्गा बाँड्ने प्रपञ्च हुनसक्ने भन्दै बालेनले आवाज उठाएका छन् । तर सरकारलाई हर्क र बालेनलाई सुन्ने फुर्सदमा देखिँदैन । बरु अध्यादेश नै ल्याएर रित्तो ग्रागीलाई सिंहदरबार प्रवेशमा रोक लगाउने नियतमा देखिन्छ ।
सरकारको यस्तै रवैयाका कारण आगामी चुनावमा पुराना दललाई अप्ठ्यारो पर्ने निश्चित देखिएको छ । गत निर्वाचनले पहाडी क्षेत्रमा रास्वपा, मधेसमा जनमत पार्टी र सुदूरपश्चिमका तराईका जिल्लामा नागरिक उन्मुक्ति पार्टीको उदय गराएको थियो । यी पार्टीमा आकर्षणको अर्को पक्ष युवाको नेतृत्व र युवा नै उम्मेदवार हो । जब कि अन्य पुराना पार्टीमा भने अझै पनि पुराना नेताको नै वर्चस्व छ । पुराना दलले काम नगर्दा र युवाले पार्टीमा अवसर नपाउँदै गर्दा नयाँ पार्टी रोज्ने प्रवृत्ति देखिएको छ । युवाको यो विद्रोह आगामी चुनावमा झनै देखिन सक्छ । यसले अवसरका लागि र देश बनाउने चाहना भएका युवाका कारण सबै दलमा विद्रोहको लहर देखिन सक्छ । जुन आफूलाई शक्तिशाली मान्ने ठूला तथा पुराना दलका लागि ठूलो धक्का हुनेछ ।

डेढ दशकयताको नेपालको अवस्थालाई हेर्ने हो भने यसबीचमा राजनीतिक दलले राजसंस्थालाई बिदाई गरेर लोकतन्त्र र गणतन्त्र स्थापना गरेका छन्, नयाँ संविधान ल्याएका छन् । तर, त्यसबाहेक अन्य खासै परिवर्तन हुन सकेको छैन । माओवादीको १० वर्ष लामो जनयुद्ध र जनआन्दोलनपछि देशले विकास र समृद्धिको बाटो समात्ला भन्ने ठूलो आशा थियो । दल तथा तिनका नेताले ती सपना पूरा गर्न अगुवाइ गर्लान् भन्ने जनताको विश्वास थियो । तर, त्यो विश्वासलाई तोड्दै नेताहरु भने राजनीतिक दाउपेचमा नै व्यस्त भए । व्यक्तिगत स्वार्थ पूरा गर्न, सत्तामा पुगेर राज्यकोष दोहन गर्न सक्रिय भए । भ्रष्टाचार, अनियमिततामा संलग्न भए । यसबीचमा एकता गरेर देशको विकास गर्छु भन्ने एमाले र माओवादीको गठबन्धनलाई जनताले चुनावमा बहुमत पनि दिए । तर, प्रमुख नेताहरुको कारण त्यो गठबन्धन मात्र टुटेन, जनताको बहुमत पनि खेर गयो ।

यसबीचमा देशको दुर्दशा भने बढिरह्यो । रेमिट्यान्समा आश्रित देश युवालाई खाडी पठाउन नै व्यस्त भयो । सर्वहारा वर्ग महँगीका कारण जीवनयापन नै गर्न नसक्ने अवस्थामा पुगे । बैंक तथा वित्तीय संस्थाले जनताको ढाड सेकिरहे । शिक्षण संस्था र स्वास्थ्य संस्थाले लुटिरहे । तर सरकार मूकदर्शक मात्र रह्यो । बरु नेताले आफ्ना कार्यकर्तालाई पोस्न योजना वितरण गरे । अनावश्यक कर्मचारीका कारण देशको राजस्व जति तलबभत्तामै खर्च भइरह्यो । देशको अर्थतन्त्र नै डामाडोल भयो । यही वितृष्णास्वरुप जनताले ‘ब्यालेट बक्स’मार्फत विद्रोह सुरु गरेका छन् । जुन आगामी चुनावसम्म अझै भयावह रुपमा देखिन सक्छ, यदि पुराना दलले आफूलाई नसच्याउने हो भने ।

अहिले पनि सत्तामा रहेका पुराना दललाई अझै आफ्नो काम देखाउने र जनताको मन जित्ने अवसर छ । केवल बाँकी छ त इच्छाशक्तिको । यदि आफ्नो राजनीतिक गतिविधिलाई पारदर्शी, भ्रष्टाचारविरोधी, जनताकेन्द्रित र विकास निर्माणमा लगाउने हो भने अवश्य नै जनताको मन पुराना दलप्रति फर्किन पनि सक्ला । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रुसी तेल किन्नका लागि स्वतन्त्र

रुसी तेल किन्नका लागि स्वतन्त्र

११ घण्टा अगाडि
इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका पूर्व मेयर थापाको ६५ उमेरमा निधन

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

१२९ अन्तर्राष्ट्रिय उडान रद्द

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक