सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआईसी एशिया बैंकमा अध्यक्ष र सञ्चालकको लूट धन्दा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
फरार अभियुक्त पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनआईसी एशिया बैंकले बचतकर्ताको रकम दुरुपयोग गरेर सञ्चालक र तिनका परिवार र संस्थाहरूलाई पोस्ने गरेको नयाँ बैङ्किङ ठगी खुलेको छ ।

बैङ्कको फिक्स डिपोजिट स्कीम अन्तर्गतको खाता सञ्चालनमा किर्ते गरेर बैङ्कले अध्यक्षसहित दुई सञ्चालक र उनीहरूको परिवार तथा संस्थाको नाममा रहेको निक्षेपलाई अधिक ब्याज दिने गरेको र त्यस्तो ब्याज दिनकै लागि निक्षेपको समयावधि नै किर्ते गर्ने गरेको खुलेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैँक ऐनले यस्तो कार्यलाई वित्तिय अपराध मान्छ । अनुसन्धानका संलग्न अधिकारीहरुका अनुसार बैङ्कका अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र संघाई, उनको परिवार र उनीहरूले सञ्चालन गर्ने कम्पनीको नाममा रहेको निक्षेपको खातामा यस्तो कैफियत गरेर बैङ्कको रकम अपचलन गरेको पाइएको हो ।

‘बैङ्कमा अध्यक्षसहित ७ जना सञ्चालक सदस्यहरू छन्,’ राष्ट्र बैँक स्रोत भन्छ, ‘ति मध्ये अध्यक्षसहित तीन सञ्चालक, उनीहरूको परिवार र उनीहरु सञ्चालक रहेको कम्पनीको खाताको रकममा त्यसरी ब्याज दिएर रकम अपचलन भएको पाइयो ।’

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बैङ्कका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) रोशन न्यौपानेको निर्देशनमा यस्तो अपचलन भएको हो । राष्ट्र बैङ्कले उनलाई पनि अपचलनमा जिम्मेवार ठहर्याएको छ ।

बैङ्किङ प्रणालीमार्फत उनीहरूले अध्यक्षसहित ३ जना सञ्चालक, तीनका परिवार र उनीहरूको सञ्चालन गर्ने संस्थाको मुद्दती खाता (फिक्स डिपोजिट) मा बैँकका सामान्य ग्राहकलाई दिने भन्दा बढी ब्याज दिने गरेका थिए ।

यस्तो ब्याज अन्य भन्दा एक देखि तीन तहसम्म बढी रहेको राष्ट्र बैँकका अधिकारीहरू बताउँछन् । यस्तै, यस्तो निक्षेप छिटो पाको बनाएर उनीहरूलाई जनताको रकमबाट पोस्न एनआईसी एशिया बैँकले निक्षेपको मिति नै सच्याउने गरेको समेत केन्द्रिय बैँकले फेला पारेको छ ।

‘एनआईसी एशिया बैँक लिमिटेडका सञ्चालक, निजहरूको परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी व्याज प्रदान गरेको देखियो,’ राष्ट्र बैँकले अनुसन्धान प्रतिवेदनमा भनेको छ, ‘बैँकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको समेत देखियो ।’

राष्ट्र बैँकका प्रवक्ता रामु पौडेलले एनआईसी एशिया बैँकलाई यो प्रकरणमा कारबाही गरिएको बताए । ‘एनआईसी एशिया बैँकका अध्यक्ष र सञ्चालक र सञ्चालकको परिवार तथा संस्थाको नाममा रहेको मुद्दती निक्षेपमा बढी ब्याज दिएको र खाता खोलेको मितिमा कैफियत देखियो,’ पौडेलले भने, ‘त्यसरी बढी लगिएको ब्याज फिर्ता गराइसकिएको छ भने सिईओसहित अध्यक्ष र अन्य दुई जना सञ्चालकलाई केन्द्रिय बैँकले नसियत दिएको छ ।’

राष्ट्र बैँकका अनुसार पुरानो मिति कायम गरी खाता खोल्दा कम समयमै मुद्दती रकमलाई पाको बनाएर ब्याज दिन सकिन्छ । यो सरासर बैँकको नाफा र निक्षेपकर्ताको रकम दुरुपयोग गर्ने नियत भएको अधिकारीहरू बताउँछन् ।

बैँक सञ्चालकले आफ्नो र आफ्नो एकाघरको सदस्यका लागि आफू सञ्चालक रहेको बैंकबाट ऋण लिन समेत पाउँदैनन् । तर, आफ्नो र आफ्नो परिवार तथा उनीहरूको संस्थाको निक्षेपमा बढी ब्याज दिएर बैँकको दोहन भइरहेको यो घटनाले देखाएको छ ।

केन्द्रिय बैँकले मंगलबार एक सूचना जारी गरी सो प्रकरणमा गैरजिम्मेवार भूमिका निर्वाह गरेको भन्दै बैँकका सिइओ रोशन न्यौपानेसहित अध्यक्ष तुलसीराम अग्रवाल र सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईलाई कारबाही गरेको छ । उनीहरूलाई राष्ट्र बैँक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिईएको जनाएको छ । राष्ट्र बैँकले उक्त बैँकले अन्य ऐन कानुन पनि नमानेको भन्दै बैँकलाई सचेत समेत गराएको छ ।

तर, एनआईसी एशिया बैँकले भने आफ्नो गल्ति नभएको तर राष्ट्र बैँकको बुझाई फरक परेको दाबी गरेको छ । बैँकका सूचना अधिकारी अर्जुनराज खनियाले मुद्दतीमा ब्याज प्रकरणमा आफूहरुले सेवाग्राहीलाई दिएको वचनका आधारमा निर्णय गरेको दाबी गरे ।

‘हामीले एउटा दरमा पुसमा ड्राफ्ट खुल्यौँ । तर, ग्राहक माघमा आए,’ सूचना अधिकारी खनिया भन्छन्,‘सो अवस्थामा ग्राहक र बैंकको आपसी सम्बन्धका आधारमा पुरानै ब्याजदर लागु गरेको हो । यसमा राष्ट्र बैँकको बुझाई फरक थियो ।’

उनले आफूहरुको काउन्टरमा आउने व्यक्ति बैँकका सञ्चालक वा अन्य को कसको परिवारको हो भन्ने थाहा नहुने पनि दाबी गरे ।

सञ्चालकहरुकै हकमा यस्तो नगरेको दाबी गर्दै खनियाले विवाद भएपछि मात्रै पारिवारिक ट्री हेर्दा सञ्चालक भएको बुझिएको जनाए ।

यो पनि पढ्नुहोस्

प्रभु बैंकको सीईओमा सुमन शर्मा

प्रभु बैंकको सीईओमा सुमन शर्मा

६ दिन अगाडि

बढी बैंक खाता राख्नुका फाइदा/बेफाइदाहरू

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक