काठमाडौं । हिमालयन बैंक लिमिटेडको निक्षेप ६.८९ प्रतिशतले वृद्धि भएको छ । बैंकको ३२औँ साधारणसभाका अवसरमा निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब सन्तानब्बे अर्ब बहत्तर करोड त्रिपन्न लाख पुगेको जानकारी गराइएकाे छ ।
नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले रु.२ अर्ब ८८ करोड ५४ लाख मात्र संचालन मुनाफा आर्जन गरेको र खुद मुनाफा रु. १ अर्ब २३ करोड ८३ लाखमा सिमित भएको जानकारी दिए । यस्तै कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब सत्चालिस अर्ब दश करोड ९० लाख रहेको उनले जानकारी दिए ।
यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही रु. १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट रु १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ ।