काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै खाली गाग्री बोकेर काठमाडौं आएपछि सिंहदरबारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौं आएका थिए ।
राईले मंगलबार सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा मा कडाइ गरेको हो ।