सर्लाही । गोडैता नगरपालिका-४ रोहुवास्थित सडकमा बीआर ०५ एच ५७४८ नम्बरको स्कारपियो र बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोडैता नगरपालिका-९ बस्ने ४५ वर्षीय देव नारायण पण्डितको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । प्रहरीले स्कारपियो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।