ललितपुर । ललितपुर महानगरपालिका-२३ धापाहाईट डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-१ घर भएका ३३ वर्षीय अनोज अधिकारीको कोठाबाट ल्यापटप १ थान र सुनका विभिन्न गरगहना गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।