काठमाडौं । काठमाडौ महानगरपालिका-२६ गोंगबुस्थित प्युठान गौमुखी गाउँपालिका-७ घर भएका ४८ वर्षीय शिवलाल गिरीको अर्जुन चौपारी स्याङ्जा गेष्ट हाउसमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा कम्प्युटर १ थान, टिभी १ थान, खाद्यान्न लगायतका सामानहरू जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
काभ्रे, बेथानचोक गाउँपालिका-३ सहेले टोल बस्ने ५५ वर्षीय इन्द्र लाल श्रेष्ठको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


