शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले भर्खरै जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने निर्णय गरेका छन् ।

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले शुक्रबार एक वक्तव्य निकाल्ने तयारी गरेका छन्, जहाँ बहुमतको बलमा विपक्षीलाई पेल्न खोजिएको भन्दै अध्यादेश खारेज गर्न माग गर्ने भनिएको छ ।

शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ । संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै ती दलहरुले विरोध गरेका छन् । बुधबार संयुक्त बैठक गर्दै दलहरुले संविधानको मर्म भावनामा प्रहार गर्ने काम भइरहेको निर्णय गरेका थिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले यो साता गरेका सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशका रुपमा जारी गरिसकेका छन्, जसबारे विपक्षी दलहरुको कडा प्रतिक्रिया सार्वजनिक हुन लागेको हो । शुक्रबार सार्वजनिक हुने वक्तव्यमा सरकारको छ महिने समीक्षा पनि हुने नेताहरुले बताएका छन् । उनीहरुले सुशासनको नारामा स्थापित सरकारले त्यसविपरीत काम गरेको आरोप पनि लगाएका छन् । विपक्षी दलहरुले सीके राउतको जनमत पार्टीलाई पनि वक्तव्यमा समेट्न चाहे पनि त्यस दलका नेताहरु भने पन्छिएका छन् ।

रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले संसद बोलाउन छाडेर अध्यादेशबाट देश चलाउन सरकार लागेको भन्दै अध्यादेश खारेजी माग गर्न लागिएको बताए । ‘हामीले सरकार लोकतान्त्रिक बाटोमा हिँड्न छाडेर गम्भीर विषयहरुमा पनि अध्यादेशबाट अघि बढ्न खोज्यो भनेका छौं,’ अर्यालले भने, ‘अब त सभामुखले पनि संसदबाट अघि बढ्नबाट तर्किनु भएन भनेर सरकारलाई सुझाव दिइसक्नुभएको छ । हामी यसैबारे साझा धारणा सार्वजनिक गर्ने तयारीमा छौं ।’

विपक्षी दलहरुले सीके राउतको जनमत पार्टीलाई पनि वक्तव्यमा समेट्न चाहे पनि त्यस दलका नेताहरु भने पन्छिएका छन् । जनमत पार्टीका नेताहरुले सरकारका कतिपय कदम आलोचनायोग्य रहे पनि विपक्षी दलहरुको मोर्चाबन्दीमा तत्काल सामेल बन्ने परिस्थिति नरहेको अडान लिएका छन् ।

जनमत पार्टी अध्यक्ष सीके राउतले आफूहरु अझै पनि सत्ता गठबन्धनमै रहेको र मधेसमा सत्ता–सहकार्य जारी रहेको भन्दै अहिले विपक्षी मोर्चामा सामेल हुने सम्भावना नरहेको बताए । ‘उहाँहरु (विपक्षी नेताहरु) बाट फोन आएको थियो, तर अहिले कुनै सम्भावना छैन भनिदिएँ,’ अनलाइनखबरसँग राउतले भने, ‘संविधान संशोधनबारे सुरुमा धेरै कुराकानी चले पनि यसबीचमा ठूलो केही विषय आएको छैन, अनि विपक्षीहरुसँग गइहाल्नुपर्ने त्यस्तो कुनै कुरा पनि छैन ।’ यसैबीचमा राउत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीबीच भने पटक पटक छलफल चलेको प्रसंगमा प्रचण्ड, माधव नेपाल लगायत नेताहरुले पनि राउतसँग सम्पर्क बढाउन चाहेका हुन् ।

यो पनि पढ्नुहोस्

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

१२ घण्टा अगाडि
भाेलि एमालेकाे सचिवालय बैठक बस्दै

एमालेकाे पार्टी सदस्यता प्रणालीला पूर्णरूपमा ‘डिजिटल’ बनाइँदै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक