बुध, अशोज २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

शेरा दरबार र गिरिबन्धु सट्टापट्टा नहोस् !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
शेरा दरबार र गिरिबन्धु सट्टापट्टा नहोस् !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-निमकान्त पाण्डे

सरकारी जग्गा निजीकरण भएको अर्को प्रकरण सार्वजनिक भएको छ । शाहकालीन दरबार रहेको नुवाकोटस्थित शेरा दरबारको हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा आउनुपर्नेमा अवैध रुपमा व्यक्तिको नाममा पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको हो । पछिल्लो समय उक्त जग्गा माओवादीका पूर्वनेता रहेका विकेश श्रेष्ठको स्वामित्वमा पुगेको छ । शेरा दरबारको १६४ रोपनी १३ आना जग्गा श्रेष्ठको गौरीशंकर फार्मिङ कम्पनीले उपभोग गरिरहेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा पुगेको वा हिनामिनाका घटना यो न पहिलो हो, न त अन्तिम नै । यसअघि सार्वजनिक भएका ललिता निवास, टीकापुर जग्गा प्रकरण वा गिरिबन्ध टी–स्टेटको जग्गा प्रकरण पनि यसका उदाहरण हुन् । यी सबै प्रकरणमा प्रमुख दलका नेता मुख्य नेताहरु नै संलग्न भएको पाइन्छ । तर, उनीहरुलाई कारबाहीको गर्नुको साटो विभिन्न बहानामा उन्मुक्ति दिइएको छ । यसमा राजनीतिक दलबीच अघोषित सहमतिजस्तै भएको छ कि एकअर्काको भ्रष्टाचार, घोटाला, अनियमितता र भ्रष्टाचारलाई समर्थन गर्ने ।
ललिता निवासकै कुरा गरौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको १ सय ४३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा अख्तियारा दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई विपक्षी बनाएको थियो ।

पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईको पालामा भएको यो निर्णयमा उनीहरुलाई भने अभियुक्त बनाइएन । मन्त्रिपरिषद्को निर्णय भन्दै उनीहरुलाई उन्मुक्ति दिइयो । यस्तै पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीले पनि सफाइ पाए । तर, पूर्वसचिवहरु दीप बस्न्यात, छविराज पन्त, मालपोतका कर्मचारीलाई मात्र दोषी ठहर गरियो । ललिता निवासको जग्गा किनेका एक एमाले नेताले जग्गा फिर्ता गरेको आधारमा नै उन्मुक्ति पाए ।

केही सरकारी जग्गा हिनामिना प्रकरण त वर्षौंदेखि अनुसन्धानकै नाममा थाती छ । त्यसको उदाहरण हो, कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा हिनामिना । टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नेता, आफन्त र दलका कार्यकर्तालाई उक्त जग्गा वितरण गरेको भेटिएको छ । पञ्चायतकालमा टीकापुर क्षेत्रको विकास गर्ने असल उद्देश्यले स्थापित टीकापुर विकास समितिका पदाधिकारीले बहुदलीय शासन प्रणाली स्थापना भएयता जग्गा वितरणमा मनपरी गरेको भेटिएको हो । लामो समय लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले यो तथ्य देखाएको हो । यद्यपि अख्तियारले प्रतिवेदन सार्वजनिक गरिनसकेकाले यसको विस्तृत विवरण बाहिर आउन बाँकी नै छ । तर, कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका नेताहरुले जग्गा पाएको सार्वजनिक भएको छ । तर, यो अनुसन्धान विवरण बाहिरिन सकेको छैन ।

पछिल्लो समय अर्को चर्चित प्रकरण हो, गिरिबन्धु टी–इस्टेट । २०७० माघ २८ मा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा टी–इस्टेटको जग्गा बिक्री, सट्टापट्टा र कम्पनी स्थानान्तरणका लागि भू–माफियाले चलखेल सुरु गरेको थियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को २०७८ वैशाख १३ गतेको बैठकले गिरीबन्धु टी–इस्टेटलाई झापाको बिर्तामोड नगरपालिका– ६ मा रहेको ३४३ बिगाहा १९ कट्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको थियो । एमाले नेतृत्वको तत्कालिन सरकारको पालामा भएको निर्णयलाई जोड्दै कांग्रेस र माओवादी नेताहरुले विगतदेखि नै गिरीबन्धु टी–स्टेटको जग्गामा समेत भ्रष्टाचार भएको दाबी गर्दै आएका छन् । मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ को प्रतिबन्धात्म वाक्यांशको खण्ड (२) र भूमिसम्बन्धी नियमहरु २०२१ को नियम १६‘क’को उपनियम (६) अनुसार स्तरहरु तोकी सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो ।

तर, सत्तामा गठबन्धन गरेसँगै यो प्रकरणमा अहिले कांग्रेस नेताहरु मौन छन् । उनीहरुले विगतमा एमाले अध्यक्ष ओलीमाथि लगाएका आरोपमा अहिले कुनै धारणा राखेका छैनन् । प्रतिपक्षमा पुगेको माओवादीले एमालेलाई झस्काउन बेलाबेलामा यो विषयलाई उठाउने गरेको छ । हालै एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको सरकार आएमा गिरिबन्धुमा अनुसन्धान अघि बढाउने बताएका थिए । तर, यसअघि नै सरकारमा रहँदा भने प्रचण्डले पनि यो प्रकरणमा खासै काम गर्न सकेका थिएनन् ।

यसरी सत्ताको आडमा विगतमा धेरै प्रकरणमा नेताहरुबीच मेलमिलाप भएको देखिन्छ । यसले दोषीहरुले कारबाहीबाट उन्मुक्ति पाएका छन् । शेरा दरबारको प्रकरणमा पनि सत्तारुढ दलहरुले माओवादीलाई मुछेका छन् । तर, माओवादीले भने आफ्नो पार्टीसँग सरोकार नै नभएको व्यक्तिलाई जोडेर सत्ताले माओवादीलाई बद्नाम गर्न खोजेको आरोप लगाइरहेको छ । अध्यक्ष प्रचण्डले त यो प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती नै दिएका छन् । उनले भ्रष्टाचार भएको हो भने आफ्नो पार्टी सघाउन तयार रहेको उल्लेख गरेका छन् । तर सरकारले यदि माओवादीलाई तर्साउन यो प्रकरण सार्वजनिक गरेको हो भने विगतकै जस्तो सहमति र दोषीलाई उन्मुक्ति दिने प्रवृृत्ति दोहोरिन सक्छ । यसैले सचेत नागरिकको खबरदारी जारी रहनुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

७ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक