मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज जाहेरवालाको तर्फबाट थुनछोड बहस हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा आज जाहेरवालाको तर्फबाट थुनछोड बहस हुँदैछ ।

बुधबार सरकारी वकिलको कार्यालयको तर्फबाट बहस सकिएपछि जाहेरवालाको तर्फबाट बहस सुरु हुन लागेको हो । जाहेरवालाको तर्फबाट अधिवक्ता युवराज पराजुलीलगायतले बहस गर्नेछन् ।

पोखराको सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, नेचर हब्र्स इन्टरनेशलनका सञ्चालक रामबहादुर खनाल, गीता पछाईं, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, पूर्वउपाध्यक्ष मिना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकाएर मंगलबारबाट थुनछोड बहस सुरु भएको हो ।

मंगलबार सहायक जिल्ला न्यायधिवक्ता शान्तिदेवी शर्मा र सुजता पौडेलले बहस गरे । बुधबार भएको बहसमा महान्यायाधीशवक्ताको कार्यालयबाट आएका नायब महान्यायधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए ।

बिहीबार जाहेरवालाकोतर्फबाट बहस सकिएपछि गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्वडिआईजी छविलालको बहस सुरु हुने सम्भावना छ । जोशीका तर्फबाट ६ जना अधिवक्ताले बहस गर्नेछन् ।

रविको तर्फबाट हाललाई ८ जनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता शुसिल पन्त, डा.नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, सुरेन्द्र थापा, अधिवक्ता डा. नारायण कँडेल, सुरज बस्नेत, राजेन्द्र सेढाईंले बहस गर्नेछन् । रविको तर्फबाट बहस गर्ने अधिवक्ताको संख्या थपघट हुनेछ । लिला पछाईंको एक जनाले र अरु प्रतिवादीका दुई/दुई जनाले बहस गर्नेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालय गत वर्षको असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर सूर्यदर्शन सहकारी प्रकरणमा मुद्दा दायर भएको थियो । पुस ५ गते तीनै १९ जनालाई पूरक अभियोग लगाइएकाे थियो ।

गत पुस ७ गते जिल्ला अदालत कास्कीमा रवि, छविलगायत ४४ जनालाई प्रतिवादी बनाएर थप अभियोग जाहेर गरिएको छ ।

यो पनि पढ्नुहोस्

अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

३ हप्ता अगाडि
अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक