काठमाडाैं । सुकुन्दा साहित्य पाःलाःले नेपाल भाषाका विद्यार्थीहरुको बिदाई तथा स्वागत कार्यक्रम गरिने भएकाे छ ।
पुस २० गते रत्नत राज्यलक्षमी क्याम्पसकाे सभाहलमा शनिबार बिहान १० बजे हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडाैं महानगरपालिकाबाट उपमेयर सुनिता डंगोल, अन्तरकलेज नेपालभाषा साहित्य प्रमुख संस्थापक एवम् अध्यक्ष हितकरवीर सिंह कंसाकार, नेवा बस्ती स्कुल अभियानका संयाेजक दिपक तुलाधर एवम् विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने छ ।
सुकुन्द साहित्य पाला चार दशकभन्दा चारदशक पुरानाे गाैरवशाली इतिहास बाेकेकाे संस्था हाे ।