आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

मङ्सिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मङ्सिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु आवमा पाँच महिनाकै सबैभन्दा बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार कात्तिकमा ७० हजार ९९० जना, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

उन्नाइस प्रतिशतले वृद्धि

विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवको यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १८.६८ प्रतिशतले बढेको छ । गत आवको सो अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा तीन लाख २५ हजार ८१० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवमा ५१ हजार २९३ जनाले बढी हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मङ्सिरमा श्रम स्वीकृति जारी भएको जानकारी दिनुभयो । पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः जानेको सङ्ख्या धेरै भएकाले पनि विगतको तुलनामा सङ्ख्या बढेको उहाँको भनाइ छ ।

मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागले जनाएको छ । निर्देशक सुवेदीका अनुसार दसैँतिहार र छठ मनाएर फर्किने धेरै भएकाले नेपाली श्रमिकको सङ्ख्या कात्तिक र मङ्सिरमा धेरै भएकाले आउँदो पुसदेखि यो सङ्ख्या केही घट्छ ।

धनुषा पहिलो

मङ्सिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा जिल्लागत रूपमा सबैभन्दा धेरै धनुषा र सबैभन्दा कम मनाङ रहेका छन् । यस अवधिमा सबैभन्दा धेरै धनुषाका चार हजार ३७३ युवाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम मनाङका १५ युवाले मात्रै श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस अवधिमा झापाबाट चार हजार ६४ जना, मोरङबाट तीन हजार ५७९ जना, सिराहाबाट तीन हजार २९३ जना छन् ।

यस्तै महोत्तरीबाट दुई हजार ९४०, सुनसरीबाट दुई हजार ७९३,  रुपन्देहीबाट दुई हजार ६५४, सप्तरीबाट एक हजार ८१५ जना र बागलुङबाट एक हजार ७१२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम वैदेशिक रोजगारीमा कम जाने जिल्ला क्रमशः मनाङ १५, मुगु ३८, मुस्ताङ ४९, डोल्पा ५६, कालीकोट ७८ र हुम्लाका ७९ जना छन् ।

आव २०७८/७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवमा पनि उच्च देखिने सङ्केत छ । कोरोनाकालको लकडाउनयता आन्तरिक रोजगारीमा सङ्कुचन आएपछि विगत दुई वर्षयता वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले उच्च रेकर्ड कायम गर्दै आएको छ । पछिल्लो पाँच महिनाको तथ्याङ्कले नेपालबाट दैनिक औसतमा दुई हजार १७१ युवा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिन्छ ।

वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो र गत आवमा सबैभन्दा बढी युवा रोजगारी खोज्दै विदेश गएका थिए तर गत वर्षको पाँच महिनाको सङ्ख्यालाई तुलना गर्दा चालु आवमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्ने सङ्केत देखिएको छ ।

सरकारले श्रम स्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्याङ्क राख्न थालेको ३० वर्षमध्ये आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए । आव २०८०/८१ मा भने सात लाख ४१ हजार १३० युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आव २०७८/७९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या छ लाख ३० हजार ९० जना थियो ।

सीता शर्मा गाेरखापत्र

यो पनि पढ्नुहोस्

रगतको चरम अभाव

आज विश्व रक्तदाता दिवस

२३ मिनेट अगाडि
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

सवारी नियम उल्लङ्घनबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक