कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका भाषाप्रेमीहरुले उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ र मेयर कृष्णमान डंगोललाई पुस २ गते भेटेका छन् ।
नेपाल भाषा भाषाप्रेमीहरु रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली, प्रा डा चन्द्रमान बज्राचार्य, नेपालभाषा केन्द्रीय विभाग पाटन क्याम्पसका नेपालभाषा शिक्षकहरू डा. बज्रमुनि बज्राचार्य, जीवन महर्जन तथा सामाजिक अभियानताहरू राजेन्द्र महर्जन पुताः, केटीएफएम अर्जुन नेपाःमि, बुद्धिलाल ज्यापु र नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले निजी विद्यालयमा नेपाल भाषा अनिवार्य गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।
कीर्तिपुर नगरपालिका भित्रका विध्यालयमा नेपालभाषा विषय सरकारी र निजि विध्यालयमा राम्राे कक्षा भइरहेकाे छ कि छैन भन्ने विषयमा छलफल गरेका छन् । उनीहरुले कीर्तिपुर नगरपालिकाका सरकारी विद्यालयमा मात्र नभइ नीजि विध्यालयमा पनि यथाशिघ्र नेपाल भाषाकाे कक्षा सञ्चालन गर्नु पार्नेमा कीर्तिपुर नगर नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
प्रा डा. चन्द्रमान बज्राचार्यले काठमाडाैं महानगरपालिकामा नेपाल भाषा निजी विद्यालयमा नेपालभाषाकाे कक्षा सञ्चालन भइरहेको अवगत गराउँदै नेवार समुदायकाे बाहुल्य रहेकाे एैतिहासिक बस्ती कीर्तिपुर नगरपालिकामा नेपालभाषा विषय निजी विद्यालयमा पठनपाठन गराएकाे खण्डमा कीर्तिपुरका मेयर र उपमेयर मात्र नभई कीर्तिपुरका बासिन्दा लगायत सबैकाे लागि राम्राे हुने जनाए । उनीहरुले निजी विद्यालयमा नेपाली भाषा नहुँदा किपु नगरपालिकाले स्थानीय कानुन बमोजिम कडाईका साथ अघि बढ्ने पर्नेमा ध्यानाकर्षण गराए ।
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ लाइ प्रा.डा. चन्द्रमान बज्राचार्यकाे संयुक्त टोलीले नेपाल भाषामा बि.ए., एम.ए. पी.एच.डीमा छात्राबृतिकाे व्यवस्था गर्नु पर्ने जाेड दिए ।
उपमेयर शाक्यले नगरपालिकाले सामुदायिक विद्यालय र निजी विद्यालयमा शिक्षकको व्यवस्था गरेको जनाए । उनले निजी विद्यालयमा नेपालभाषा अनुगमनका क्रममा राराहिल स्कुल, पुष्पसदन स्कुलले सम्पूर्ण निजी विद्यालयमा नेपालभाषा विषय अध्यापन सुरू नगरेकाे तर पुस्तक साे उपल्ब्ध गराइसकेकाे जनाइन् । जसका लागि कीर्तिपुर नगरपालिकाको शिक्षा विभाग, सर्वसाधारण र जनप्रतिनिधिले मिलेर काम गरेकाे खण्डमा मात्रै निजी विद्यालयमा नेपालभाषा अध्यापन कार्य सफल हुने जनाइन् ।
यसैबीच रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवन ज्ञवालीले काठमाडाैं महानगरपालिकाले नेपालभाषा एम.ए. कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका लागि वार्षिक १५ लाख रुपैयाँको व्यवस्था गरेकाेले वि.सं. २०७८ देखि निरन्तर रूपमा कक्षा सञ्चालन भइरहेकाे जनाए । उनले ख्वप नगरपालिका, टोखा नगरपालिका र चन्द्रागिरी नगरपालिकाले नेपालभाषा अध्यापन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रा वृतिकाे व्यवस्था गरे जस्तै कीर्तिपुर नगरपालिकाले पनि छात्रवृत्ति सदुपयाेग हुने अनुसार प्रदान अनुराेध गरेका छन् ।
यसैबीच नेपालभाषा केन्द्रिय विभाग पाटन क्याम्पसका नेपालभाषा शिक्षक डा. बज्रमुनि बज्राचार्यले नीजि विध्यालयमा अनुगमन कार्यमा विज्ञहरू राखेर, नेपालभाषा शिक्षण कमिटी सकृय बनाउनु पर्ने, नेपालभाषा विषय परिमार्जन गरिनु पर्ने तथा नेपालभाषा शिक्षकहरूलाई व्यवस्था मिलाउनुपर्ने जनाए।
यसैबीच समूहले मेयर कृष्णमान डंगोललाई कीर्तिपुर नगरपालिकाका निजी विद्यालयमा मात्रै किन सञ्चालन नभएकाे साे बारेमा अध्ययन गरेर कक्षा सञ्चालन गर्नु पर्ने जनाए । नेपाल भाषामा बि.ए. देखि पि.एच. सम्म छात्रबृत्तिकाे व्यवस्थाका लागि मेयर कृष्ण डंगोलले विचार गर्ने जनाए ।



