काठमाडौं । काठमाडौं महानगरपालिका-१५ सिद्धिचरण गल्ली डेरा गरी बस्ने उदयपुर मजुवा घर भएका २९ वर्षीय अर्जुन माझी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-७ पतिङस्थित आमाशाङ सामुदायिक वनमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ गोल्फुभञ्ज्याङ घर भएका ८१ वर्षीय लवन सिंह तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, गलकोट नगरपालिका-९ काडेबासस्थित दरम खोलामा सोही नगरपालिका- ११ मझुवा बस्ने ३९ वर्षीय नविन बस्याल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


