आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

थँबहि विक्रमशील महाविहारमा पुरातात्विक भौतिक संरचना भेट्टियो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
थँबहि विक्रमशील महाविहारमा पुरातात्विक भौतिक संरचना भेट्टियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-भागवत नरसिंह प्रधान (अनुसन्धानकर्ता)
काठमाडौं महानगरपालिका, वडा नम्बर २६ मा नेपालको नै एक प्राचीन बौद्धविहार रहेको छ ।

यस विहारलाई थँ बहिल, विक्रमशील महाविहार धर्मधातु विहार, राजविहार, भगवान वहाल आदिले पनि चिनिन्छ । यस विहार कति वर्ष पुरानो भन्ने लिखित दस्तावेजहरू तथा अभिलेखहरू पाइएको  छैन ।

तापनि, यस विहार परिसरमा विभिन्न लिच्छविकालीन मूर्ति ,चैत्य, स्तुपा (विहारको दक्षिणपट्टिको चोकमा विभिन्न मुद्रामा रहेको बुद्धको मूर्ति , विहारको पूर्वपट्टिको सडक पारीको तीनवटा स्तुपाहरू, विहारको आँगन चोकमा रहेको चैत्य आदि ) हरू पाइएको कारणले गर्दा यस विहार लिच्छविकालीन बिहार हो भन्ने अनुमान गर्न सकिन्छ ।

 

लिखित प्रमाणको आधारमा भन्ने हो भने यस विहारमा रहेको प्रज्ञापारमिता नेपाल सम्वत् ३४४ मा लेखिएको यस ग्रन्थको पुष्पिका वाक्यमा उल्लेख गरिएको छ । यस विहारमा पूर्व मल्लकालदेखिको ताडपत्रहरू तथा मल्लकालीन शिलापत्रहरू पाइएको छ ।

भारतका बौद्ध विद्वान पण्डित अतिशा तिब्बत जाने क्रममा एघारौँ शताब्दीको पूर्वाद्र्वताका यस विहारमा बसेर गएका थिए भन्ने कुराको उल्लेख इतिहासविद् डाक्टर रमेश ढुंगेलले लेख्नुभएका लेख आचार्य दीपङ्कर( श्रीज्ञान) को नेपाल यात्रा ः एक नयाँ अध्ययन मा गरिएको छ ।

१३ औं शताब्दीको पूर्वाद्र्वताका तिब्बतका प्रसिद्ध विद्वान् भिक्षु धर्मस्वामी नेपालमा आठ साल बसे । यसै दौरान उनी स्वयम्भू र थम विहार ( थँ बहिल) बसेका थिए भन्ने कुरा रुक्मिणी वन्त प्रधानको विक्रमशील महाविहार एक परिचयमा उल्लेख गरिएको छ ।

धर्मस्वामीले वर्णन गरे अनुसार “त्यहाँ(थँ बहिल) एउटा स्तूप थियो, जसमा हरेक साँझ एउटा ज्योति देखाप¥यो जसलाई अतीशाले देखे र त्यो के हो भनेर सबैलाई सोधे तर उनीहरूलाई थाहा भएन । कश्यप बुद्धले मण्डला बनाएपछिको यो रंगीन धुलो हुनुपर्छ , भनेर एक वृद्ध महिलाले मात्र टिप्पणी गरिन् । स्तूपको अगाडि शाक्य मुनिको स्वर्ण प्रतिमा छ । यसलाई भगवान अभयदान भनिन्छ ।”

यस वर्णनबारे जर्ज रोरिचको वायोग्राफी अफ धर्मस्वामी मा उल्लेख गरिएको छ । धर्मस्वामीको वर्णन अनुसार त्यस स्तूप अतिशा आउनु भन्दा अघि नै बनिसकेको देखिन्छ ।

हाल यस विहार जीर्णाेद्वार गर्ने क्रममा यस विहारको मूलचोकमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको भौतिक संरचना (चैत्य,स्तुप आदि )हरू फेला परेको छ । मूलचोकमा सिंह सार्थवाहको मूर्ति भनिने सुनौलो मूर्ति रहेको छ । हाल भेटिएको स्तूप ठिक त्यस सुनौलो मूर्ति पछाडि रहेको छ । हेर्दा निकै प्राचीन देखिन्छ । अतिशाले देख्ने गरेको यही स्तूप हुनसक्दछ । यस स्तूपको साथै प्राप्त सबै भौतिक संरचानाहरूको अध्ययन–अनुसन्धान हुनु आवश्यक छ ।

यसले यस विहारको धर्म, संस्कृति,परम्परा तथा प्राचीनताको प्रामाणिक इतिहास अध्ययन गर्न सहयोग गर्दछ । यस्तो अध्ययन– अनुसन्धानले ठमेलको विहारको मात्र नभई, नेपालको नै प्राचीन प्रामाणिक इतिहास अध्ययन गर्न सहयोग पु¥याउँदछ ।

याे  बिषयमा  सरोकारवाला निकायहरूको ध्यान जानु अत्यन्त आवश्यक देखिएको छ पुरातात्विक महत्वको वस्तुहरूको संरक्षण  तथा अध्ययन–अनुसन्धान गर्ने निकाए पुरातत्व विभाग साथै नेपालका सम्पूर्ण विद्वान् इतिहासविद्को ध्यान दिनुका साथै सम्बर्द्वन, प्रबर्द्वन कसरी गर्नेतिर जानु आवश्यक देखिएको छ ।

 

यो पनि पढ्नुहोस्

लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

३ मिनेट अगाडि
रगतको चरम अभाव

आज विश्व रक्तदाता दिवस

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक