बुध, साउन २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल र महासचिव भुसालसहित कार्यदलकाे आत्मालोचना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल र महासचिव भुसालसहित कार्यदलकाे आत्मालोचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

whatsapp sharing button
sharethis sharing button

कामठाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपाल र घनश्याम भुसालले महाधिवेशन भएको पाँच महिनासम्म कार्यविभाजन गर्न नसकेकोमा कमजोरी स्विकार्दै आत्मालोचना गरेका छन् ।

जारी बैठकमा स्थायी कमिटी सदस्यहरूले महाधिवेशन सम्पन्न भएको पाँचमहिनासम्म पनि कार्यविभाजन गर्न नसकेको भन्दै नेतृत्वसँग जवाफ मागेपछि अध्यक्ष नेपाल र महासचिव  भुसालसहित कार्यदलका सदस्यहरूले आत्मालोचना गरेका हुन् ।

‘महाधिवेशन नगर्नु भन्ने सुझावलाई बेवास्ता गर्दै महाधिवेशन चाहिँ हतारमा (असारमा) गर्ने अनि अहिलेसम्म कार्यविभाजन नगरेर पार्टीलाई बन्धक किन बनाएको हो ?’ बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले नेतृत्वसँग प्रश्न गरेका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष माधव नेपालले वर्षा, बाढी पहिरो र चाडबाडका कारण समयमै नेताहरूको कार्यविभाजन गर्न नसकिएको र जनतामा जाने कार्यक्रम समेत ल्याउन नसकिएको जवाफ दिएका थिए ।

‘जवाफ दिने क्रममा सामूहिक र व्यक्तिगत रूपमा अध्यक्ष र महासचिव दुवैले कमजोरी स्विकार्दै आत्मालोचना गर्नुभयो’, एक स्थायी कमिटी सदस्यले अध्यक्ष नेपालले दिएको जवाफ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘कमजोरी भएका छन् । कमजोरी भयो भनेर आन्दोलनलाई छाड्ने होइन । अब कार्यविभाजन पनि तत्काल हुन्छ र जनतामा जाने कार्यक्रम पनि तय हुन्छन् ।’

बैठकमा पार्टी संगठनलाई कसरी आफ्नै खुट्टामा उभिन सक्ने बनाउने भन्नेमा समीक्षा भएको थियो । त्यसक्रममा गठबन्धन गरेर चुनावमा जानु, सबै ठाउँमा आफ्नै उम्मेदवार नउठाउनुलगायतका कमजोरीले पार्टीको पहिचान स्थापित हुन नसकेकोमा पनि अध्यक्ष नेपाल र महासचिव भुसालले कमजोरी महसुस गरेको बताएका थिए ।

‘आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी एक्लै चुनाव लड्ने कुरा स्थायी कमिटी बैठकको निष्कर्ष हो, यसमा सबै नेता सहमत हुनुहुन्छ’, उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, ‘केन्द्रीयस्तरमा त कसैसँग गठबन्धन गर्दै नगर्ने, स्थानीय तहमा गर्नैपर्ने भए आवश्यकताअनुसार विचार गर्न सकिने विकल्प खुला छदैछ ।’

संघर्षको माध्यमबाट पार्टी निर्माण गर्ने कुरामा पनि सबै नेता सहमत भएका छन् । महासचिव घनश्याम भुसालले बैठकमा पेस गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माणबारे’कार्ययोजनामाथि ५ दिनसम्म स्थायी कमिटी बैठकमा छलफल भएको थियो । उक्त कार्ययोजनामा स्थायी कमिटी सदस्यहरूले राखेका सुझाव समेतलाई ध्यानमा राखेर सोमबारको बैठकले पारित गरेको छ ।

यद्यपि बैठकका निर्णय मंगलबार बस्ने बैठकपछिमात्र सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव समेत रहेका उपमहासचिव रामकुमार भट्टराईले पारित कार्ययोजनाअनुसार एकीकृत समाजवादी आगामी दिनमा सैद्धान्तिक, वैचारिक र सांगठानिक रूपमा सशक्त ढंगले अघि बढ्ने जनाए ।

‘पार्टीले अब जनताका ज्वलन्त समस्याहरू पहिचान गर्छ, ती समस्या सम्बोधन गर्न सरकारलाई दबाब दिन्छ’, उनले भने, ‘त्यसका आवश्यकता अनुसार सडक र सदन दुवै प्रयोग गर्न सकिन्छ ।’

  • पार्टी एकता पनि तत्काल नगर्ने

सो पार्टीले यसअघि विचार र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकता गर्ने बताउँदै आएपनि स्थायी कमिटी बैठकपछि तत्काल कुनैपनि पार्टीसँग एकता नगर्ने निष्कर्षमा पुगेको छ ।

‘तत्काल पार्टी एकता गर्नु हुँदैन भन्ने नै धेरै नेताहरूको भनाइ आयो’, उपाध्यक्ष खतिवडाले भने, ‘गर्दैगर्दैनौं भन्ने होइन । एकताका लागि महत्त्वपूर्ण कुरा विचार र सिद्धान्त मिल्नुपर्छ । त्यसरी मिलेर तत्कालै एकता गर्ने अवस्था अहिलेसम्म देखिएको छैन ।’

बैठकमा माओवादीसँग एकताको चर्चाबारे समेत छलफल भएको थियो । छलफलका क्रममा माओवादीले पूर्व माओवादीहरूलाई मिलाउन लागेकाले अहिले ऊसँग समेत एकता हुन नसक्ने नेताहरूले धारणा राखेका थिए ।

‘माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकता भनिरहनुभएको छ । तर उहाँले भनेको एकता पूर्व माओवादीसँग हो भन्ने देखिन्छ बुझिन्छ’, एकीकृत समाजवादीका एक नेताले भने, ‘उहाँहरू माओवाद भन्नुहुन्छ हामी समाजवाद भन्छौँ । यस्तो अवस्थामा कि उहाँहरुले माओवाद छाडनुपर्‍यो कि हामीले समाजवाद । तर दुवैले अहिले आफूले अघि सारेको विचार सिद्धान्त छोड्ने अवस्था देखिँदैन ।’

यो पनि पढ्नुहोस्

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

३ घण्टा अगाडि
प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुने

रुघाबाट बच्ने ८ उपाय

एसीसी प्रिमियर कप एक दिवसीय खेल्न सन्दीप लामिछाने कप्तान

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक