बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पूर्वाधार/विकास

पूँजीगत खर्च सुस्त हुने महारोग यस वर्ष पनि कायम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पूँजीगत खर्च सुस्त हुने महारोग यस वर्ष पनि कायम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विकास लक्षित पूँजीगत खर्च सुस्त हुने महारोग यस वर्ष पनि कायम हुने देखिएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महीना बित्दा पूँजीगत खर्च वार्षिक लक्ष्यको ११.५८ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। कार्यालयका अनुसार ३० मंसीरसम्म सरकारले ४० अर्ब ८० करोड रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ।

यस वर्ष सरकारले पूँजीगत खर्चका लागि तीन खर्ब ५२ अर्ब रुपैयाँ छुट्याएको थियो। सरकारले पूँजीगत खर्चमा तीव्रता दिएर विकास निर्माणका गतिविधिलाई बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने दाबी गर्दै आए पनि बितेका वर्षहरूको नियति यस वर्ष पनि दोहोरिएको हो। गत वर्षका तुलनामा यस वर्षको पूँजीगत खर्च झन् शिथिल बनेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो पाँच महीनामा वार्षिक लक्ष्यको ११.९४ प्रतिशत पूँजीगत खर्च भएको थियो। पूँजीगत खर्च कम हुनुले विकास निर्माणको शिथिल स्थिति दर्शाउँछ।

सरकारले भुक्तानी दिनुपर्ने रकम समेत नदिएर रोकिरहेको निर्माण व्यवसायीले दाबी गर्दै आएका छन्। पूँजीगत खर्च कम हुँदा निर्माण सम्बन्धी गतिविधि शिथिल भएको र त्यसले अर्थतन्त्रलाई नै गतिहीन बनाएको टिप्पणी हुने गरेको छ। अर्थशास्त्रीले निर्माणका गतिविधिलाई तीव्रता दिएर पूँजीगत खर्च बढाउन सके अर्थतन्त्रको शिथिलता कमजोर भएर जाने बताउने गरेका छन्।

अर्कातिर, सरकारको आम्दानी पनि लगातार खस्कँदो छ। यस वर्षको पहिलो पाँच महीना बित्दा सरकारले वार्षिक लक्ष्यको २८.१ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ। यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो। तर ३० मंसीरसम्म करीब चार खर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। राजस्व संकलन भने गत वर्षको तुलनामा सामान्य बढेको छ। गत वर्षको पहिलो पाँच महीनामा तीन खर्ब ६३ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको थियो।

यसले बितेको वर्षका तुलनामा करीब १० प्रतिशतले राजस्व बढी उठेको देखाउँछ। बाह्य मुलुक र संस्थाबाट प्राप्त गर्ने अनुदान पनि शून्य छ। सरकारले यस वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ विदेशी अनुदान प्राप्त गर्ने लक्ष्य राखेकामा आर्थिक वर्षको पहिलो पाँच महीनामा कुनै सहयोग प्राप्त गर्न सकेको छैन।

यो पनि पढ्नुहोस्

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

१ हप्ता अगाडि
३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन

३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक