आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

एमालेमा जबज सकिएको प्रमाण थपियो !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाली राजनीतिक दलहरुमा पछिल्लो समय फरक मत निषेधजस्तै भएको छ । पार्टीमा फरक मत राख्ने र केन्द्रीय नेतृत्वले गरेको निर्णयको आलोचना गर्ने नेताहरु पार्टीबाट नै किनारीकृत हुँदै आएका छन् । यस्तो समस्या वामपन्थी दलहरुमा अझ देखिएको छ । सबैभन्दा ठूलो कम्युनिस्ट दल एमालेमा हालै भएको एउटा कारबाही त्यसको उदाहरण हो । व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दानमा लिने निर्णयको विरोध गरेका नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्नु र लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाटै निलम्बन गर्नुले पार्टीको जबज (जनताको बहुदलीय जनवाद) सिद्धान्तलाई नै परिहास गरेको छ ।

चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवको मानहानि हुने अभिव्यक्ति दिएको भन्दै निलम्बन गरिएको हो । जब कि जुन व्यवसायीबाट एमालेले जग्गा दानमा लिने निर्णय गरेको थियो, ती व्यक्तिमा पटकपटक राजस्व छली र अनियमिततामा संलग्न भएको आरोप लाग्ने गरेको छ । त्यसैको विरोधमा चौधरीले स्टाटस लेखेका थिए, ‘कति मख्ख परेको नेता ज्यु, अस्ति भर्खर त कसैलाई प्रबन्ध निर्देशक भएको हिसाबले सहकारीबाट आयको पैसाको जिम्मा लिनुपर्छ भन्नु हुन्थ्यो त ? यत्रो सम्पत्ति दान कुन मनसायले गरियो विचार गर्न पर्दैन ? ठूलाले गल्ती गर्दा ताली बजाइदिन पर्ने, तलकाले गल्ती गर्दा कारबाहीको तरबार देखाउने । छि छि अनैतिक राजनीति !’ चौधरीले सहकारीको प्रसंग रास्वपा सभापति रवि लामिछानेको सन्दर्भमा उठाएका थिए । तर यति स्टाटस नै एमालेका लागि ठूलो खतरा बनेको छ र उनी कारबाहीमा परेका छन् ।

चौधरीलाई कारबाहीको प्रसंगमा एमालेले मानेको जबज सिद्धान्त जोडिएको छ । यो सिद्धान्तले पार्टीको लोकतान्त्रिकरणलाई पनि उठाएको छ । तर, एमाले भने पछिल्लो समय एक नेतृत्व केन्द्रित निरंकुश बन्दै गएको छ । एमालेले आफनो मार्गदर्शक सिद्धान्तको रुपमा अपनाएको विषय हो, जबज । जसको कारणले नेपालको मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा परिवर्तित परिस्थितिमा माक्सवार्दको रचनात्मक प्रयोग गर्न मार्गनिर्देश गरेको थियो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र आवधिकरुपमा जनताबाट अनुमोदित हुनुपर्ने विषयका साथै पार्टीभित्रको लोकतान्त्रिकरणलाई समेत महत्वका साथ उठाइएकोले पार्टीभित्रमात्र होइन विरोधीहरुले समेत जबजको प्रशंसा गरेको पाइन्छ । तर, पछिल्लो समय जबजको मान्यता पालनामा एमाले चुक्दै आएको छ ।

खासगरी हाल प्रधानमन्त्री रहेका ओलीले एमालेमा फरक मतलाई निषेध गर्दै आएका छन् । यसले पार्टीमा पनि एक पक्ष असन्तुष्ट देखिन्छ । पार्टीलाई चलायमान गराउने वैचारिक बहसलाई निषेध गर्दै पार्टीमा एक व्यक्ति मात्र हावी हुने र तानाशाही प्रवृत्ति मौलाउने जोखिम छ । सरकारको पनि कामबारहीको बेलाबखतमा आलोचना हुन सक्छ । त्यसलाई पनि समाज भाँड्ने तत्व भनेर नजरअन्दाज गर्ने र समस्याको जडमा नपुग्ने हो भने त्यसले पनि सरकारलाई अन्ततः हानि पु¥याउने छ । यसलाई प्रधानमन्त्री ओली तथा सत्ता गठबन्धनले बुझ्न जरुरी छ । पार्टीलाई लोकतान्त्रिकरण कि निरंकुशताको बाटोमा हिँडाउने ? एमालेले त्यो पनि तय गर्न जरुरी छ ।  जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

३ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक