काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।
प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बुधबार विहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले पनि राष्ट्रपतिलाई बुधबार विहान उपचारार्थ भर्ना गरिएको पुष्टि गरे।