काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी हासिल गरेका छन् ।
आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् ।
डंगोलका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए ।
यसअघि ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो । वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको थियो ।
बि.सं. २०७९ सालमा नगरपालिकाकाे चुनावमा एमाले कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए । कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए ।