बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-प्रकाश रायमाझी र राजनीतिक विश्लेषक

विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई कुनैपनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा नेपाल र चीनबिच बिआरआई लागु गर्ने सहमती भइसकेको छ, तर यो परियोजना कार्यान्वयनको चरणमा अघि बढ्न सकिरहेको छैन । नेपालका दलहरुको आन्तरिक किचलो तथा भूराजनीतिक चलखेलका कारण बिआरआइ कार्यान्वयनको चरणमा जान नसकेको हो । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा बिआरआई सम्झौतामा हस्ताक्षर गर्ने पूर्ण तयारीका साथ चीन भ्रमणमा गएका थिए । तर फेरी एकपटक अन्तिम चरणमा पुगेर प्रक्रिया रोकिएको थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन प्रस्थान गर्दैछन् । आसन्न चीन भ्रमणमा बिआरआई सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री ओली अग्रसर देखिन्छन् । तर अर्का सत्ता सहयात्री नेपाली कांग्रेसको साथ नपाएपछि प्रधानमन्त्री दोधारमा देखिन्छन् । नेपाली कांग्रेसको बिआरआइबारे विगतदेखिकै अडान छ– यस अन्तरगतका कार्यक्रमहरु अनुदानमा दिने हो भने मात्र कार्यान्वयन गर्न सकिन्छ । बिआरआईमा एमालेको नरम तथा कांग्रेसको खरो शैली दुबै राष्ट्रहितका भावनाबाट उब्जिएका भने होइनन् । दलीय स्वार्थ र लोलुपता यसका कारण हुन् । नेपालमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकाश बैंक आदिबाट पनि प्रशस्त ऋण लिइएका छन् । अतः राष्ट्रको आवश्यकता हेरेर ऋण लिनै नहुने भन्ने होइन । जबकी एमाले–माओवादीले भनेजस्तो आँखा चिम्लेर चिनियाँ परियोजना लागु गर्नुपर्छ भन्ने तर्कपनि कदापी स्वीकार्य हुन सक्दैन । चीनसँग सम्झौता गरिसकेपछि यसको दिर्घकालीन असरका बारेमा गम्भिर समिक्षा गर्नु राष्ट्रको पहिलो आवश्यकता हो । बिआरआई परियोजना कार्यान्वयन गरिएका राष्ट्रहरुको अवस्था नियाल्ने हो भने, आर्थिक अनियमितता तथा वातावरणीय प्रभावका कारण ३५ प्रतिशतमा यो असफल भएको छ । यसलाई मध्यनजर गर्दै सरकारले बिआरआई कार्यान्वयनको निर्णय गर्न सक्नुपर्छ । वर्तमान अवस्थामा नेपालको आर्थिक तरलता ऋणात्मक रहेको अवस्थालाई ध्यानमा राखेर यो परियोजना अनुदानमै प्रदान गर्नका लागि सरकारले चीन सरकारलाई अनुरोध गर्नु उपर्युक्त हुनेछ । यसका लागि नेपालको मात्र होइन चीनलाई समेत फाइदा हुने शर्तहरु नेपालले अघि सार्न सक्छ ।

राजनीतिक दलहरूको आन्तरिक कलह तथा दलीय स्वार्थले बिआरआईमा राष्ट्रिय सहमतिको वातावरण बन्न सकेन । सत्ता नेतृत्वकर्ता नेकपा एमाले तथा नेपाली कांग्रेस दुबैले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रहितको पक्षमा अडान लिनु उपर्युक्त हुनेछ । दलहरूले आन्तरिक स्वार्थ र दलीय राजनीतिको संकीर्णताभित्र देशको शासन प्रणालीलाई सीमित गर्दा नेपालको पराष्ट्र नीति इतिहासकै कमजोर अवस्थामा पुगेको छ । परराष्ट्र मामलामा नेपालको साझा धारणा नै नरहेको जस्तो देखिएको छ । सरकारको बदलाव र अनुकुलताका आधारमा परराष्ट्र नीतिहरु बन्ने गरेका छन् । उदाहरणका लागि रुस–युक्रेन प्रकरणमा देउवा सरकारले हतार हतार अमेरिकालाई समर्थन गर्नेगरी आफ्नो धारणा सार्वजनीक गर्यो, नेपालको असंलग्न परराष्ट्र नीतिको विरुद्दमा थियो । नेपालस्थित अमेरिकी दूतावासमा अझैपनि हामी युक्रेनको पक्षमा उभिन्छौँ भन्ने बोर्ड देख्न सकिन्छ । देउवाकै सरकार हुँदा अफगानिस्तानमा युद्धका बेलामा नेपालको हवाई मार्ग प्रयोग गर्नु नेपाललाई अमेरिकाको राजनीतिक स्वार्थभित्र राखेको थियो । त्यस्तै एमसीसी तथा सोहि प्रकृतिका परियोजनाहरु मर्फत नेपालमा अमेरिकी स्वार्थले प्रवेश पाउँदै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा त्यसको अघोषित माध्यम बनेका छन्। देउवा आफ्नो दल अथवा राष्ट्रको होइन, नितान्त व्यक्तीगत स्वार्थपूर्तिका लागि विदेशीहरुबाट सञ्चालित हुने गरेका छन् । त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड, अस्थिर स्वभाव तथा सत्ता लोलुपताका कारण विदेशीका लागि सहज बन्ने गरेका छन् । एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि राष्ट्रवाद एउटा मुकुण्डो मात्र हो । राष्ट्रवादको खोल ओडेर दलीय स्वार्थको संकिर्ण मनोदशा बोक्ने ओलीजस्ता व्यक्तीले राष्ट्रियतालाई शिरमा राख्न सक्दैन, यो पटक पटक प्रमाणित भइसकेको छ । राष्ट्रियताको मामलामा ओलीको धारणा बोलीमा एउटा अनि व्यवहारमा अर्को देखिने गरेको छ । राष्ट्रिय स्वार्थभन्दा दलीय स्वार्थलाई माथि राख्ने ओलीको व्यवहार र गतिविधिहरूबारे चीन अज्ञात छैन । अतः ओलीको भ्रमणलाई चीनले त्यति प्राथमिकता दिने देखिँदैन । विचौलिया र व्यापारी समेत सम्मेलित ८७ जनाको स्वार्थपूर्ण झुण्ड बोकेर ओली चीन जाँदैछन् । त्यसैले पनि प्रधानमन्त्रीको हैसियतले उनको उपस्थिति त्यति बलियो हुने छैन ।

ओलीले अन्य राष्ट्रहरुमा पनि नेपालीको शिरलाई उचो बनाउने काम गर्न सकेका छैनन । यसअघिको अमेरिका भ्रमणमा ओलीको फुर्मास हेर्दा उनी केवल भ्रमणका लागि भ्रमण गर्ने प्रधानमन्त्री हुन् भन्न अतिशयोक्ती हुँदैन । ओलीका चाहाना देशलाई होइन, पार्टीलाई बलियो बनाउनमा केन्द्रीत हुन्छ । बिआरआई कार्यान्वयन गर्ने सहमती भएपछि यससँग जोडिएर आउने आर्थिक, सामाजिक, रणनीतिक र कूटनीतिक सुरक्षाका विषयहरुमा सरकार गम्भिर हुनुपर्ने देखिन्छ ।

सरकारले दिर्घकालीन राष्ट्रिय हितका लागि निशर्त यो परियोजना अघि बढाउने अडान राख्न सक्छ जस्तो लाग्दैन । यो प्रोजेक्ट राष्ट्रको फाइदाभन्दा बढी राजनीतिक दलका स्वार्थमा केन्द्रीत हुने अवस्था बन्यो भने देशलाई निक्कै हानी हुनेछ । चीनले नेपालको राजनीतिक अवस्था र भूराजनीतिक संवेदनशीलतालाई अत्यन्त नजिकबाट बुझेको छ । चीनले विगतमा नेपाललाई दिँदै आएको सहयोगलाई हस्तक्षेप गर्नेगरी पश्चिमाहरू सफल भइसकेका छन् । अतः नेपालको भूमी उपयोग गरेर चीनलाई खतरा हुने अवस्था बन्न नदिने सूनिश्चितता चीनले नेपालबाट खोजिरहेको छ । यो विश्वास दिलाउन सकेमा मात्र चीनले नेपालको स्वार्थअनुरुप बिआरआई कार्यान्वयन गर्नेबारे सोच्न सक्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको परारष्ट्र नीतिमा बलियो अडान नहुँदा चीनले उनलाई सहजै विश्वास गर्ने अवस्था देखिँदैन । गहन अध्ययन नगरी बलियो पूर्व तयारीबिना केवल सत्ता स्वार्थका लागि गरिने यस्ता सन्धि सम्झौताबाट नेपालले आगामी दिनमा धेरै ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्नेछ ।
नेपाली अनुहार भएका विदेशीका एजेन्टहरूले सरकार चलाउँदा नेपालको गौरवमय इतिहासको धज्जी उडिरहेको छ । यस्तै कमजोर र दलीय संकीर्णताभित्र रुमल्लिएका सरकार

प्रमुख हुँदा विदेशीहरूले आफ्नो स्वार्थअनुरुपमा सहमती गराउने गरेका छन् । सत्ता लोलुप्त दल–प्रमुखहरुको कुनै अडान हुँदैन । यस्तो अवस्थामा गरिने जुनसुकै सन्धी सम्झौता देशका लागि घातक हुनेछ । चीनले अवश्य पनि प्रधानमन्त्री ओलीबाट बिआरआईमा हस्तक्षर तथा आफ्ना स्वार्थ अनुसारका प्रतिबद्दता खोज्नेछ । अतः प्रधानमन्त्रीज्यू, तपाईंले गर्ने सम्झौताबाट नेपाललाई घाटा नहोस् । भूराजनीतिक स्वार्थमा नेपाल विदेशीको क्रिडास्थल नबनोस् । विश्व शक्तीका दुई ठुला राष्ट्रका बिचमा रहेको नेपालजस्तो संवेदनशील राष्ट्रले आफ्नो भूराजनीतिक महत्वलाई राम्ररी बुझेर मात्र निर्णय गरोस् भन्ने सुभेच्छा छ । चीन भ्रमणमा नेपालीको शिरझुक्ने कुनैपनि काम नहोस्, अन्यथा जनताले यसको हिसाब राख्नेछन् ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

९ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक