राजविराज । सप्तरीको डाकेश्वरी नगरपालिका वडा नं १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा यो दुवै वडामा नेपाली काँग्रेस विजयी भएको थियो । डाकनेश्वरी वडा नम्बर १ को वडाध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् ।
उनले ६ सय ५२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसकी भुलिया देवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् ।
यस्तै, डाकनेश्वरी वडा नम्बर ४ मा जसपा नेपालका देवेन्द्र प्रसाद यादव विजयी भएका छन् ।
यादवले ३ सय ७२ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरे ।