बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नवलपुरमा १ सय ४४ जनालाई एचआइभी एड्स सङ्क्रमण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

नवलपुर । नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुर बाहिरका व्यक्ति हुन् ।

गत कात्तिक मसान्तसम्म एआरटी (एन्टी रेट्रो भाइरल) सेन्टर चोरमारामा एक सय ४४ जनालाई एचआइभी सङ्क्रमण लागेको विवरण दर्ता भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै मध्यबिन्दु नगरपालिकामा ४८ जना सङ्क्रमित छन् ।  त्यसैगरी कावासोती नगरपालिकामा ३४, हुप्सेकोट गाउँपालिकामा १४, विनयी त्रिवेणीमा १०, देवचुलीमा २ र गैँडाकोटमा एक जनालाई एचआइभी सङ्क्रमण देखिएको छ ।

त्यस्तै स्थायी ठेगाना चितवन लेखाएका ४, पाल्पाका ४, रुपन्देहीका ३ र तनहुँका एक जनामा पनि सङ्क्रमण देखिएको छ । टेक्निसियन निरीक्षक तिवारीका अनुसार आफ्नो जिल्लामा परीक्षण गर्दा गोपनीयता भङ्ग हुने डरले अन्य जिल्लामा गएर परीक्षण गराउने गरिएको छ ।

सङ्क्रमितमध्ये ६३ जना पुरुष, ५६ महिला र २ जना तेस्रो लिङ्गी छन् । ९ जना स्थानान्तरण भई अन्यत्र गइसकेका छन् । ६ जनाले औषधी सेवन गर्न छोडेका छन् । अहिलेसम्म ७ पुरुष र एक महिला गरी ८ जनाको एचआइभी सङ्क्रमणबाट मृत्यु भएको तिवारीले बताउनुभयो ।

आर्थिक वर्ष २०८०-८१ मा पत्ता लगेका १२ जना सङ्क्रमितमध्ये दुई जना १५ वर्षमुनिका बालबालिका रहेको कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको गत असारसम्मको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा दुई हजार ८२५ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै कास्कीमा एक हजार ४२६ जना सङ्क्रमित छन् । त्यस्तै स्याङ्जनामा तीन सय ८०, तनहुँमा दुई सय ५९, गोरखामा दुई सय ३०, बागलुङमा एक सय ८८, लमजुङमा एक सय २२, म्याग्दीमा ९२ र पर्वतमा ८० जना सङ्क्रमित छन् ।

तिवारीका अनुसार भारतसँगको खुल्ला सिमाना, वैदेशिक रोजगारीबाट फर्केकाहरू, ड्रग र सुई प्रयोगकर्ता, तेस्रो लिङ्गी र पुरुष–पुरुषबिच यौन सम्पर्क गर्नेहरूमा सङ्क्रमण महामारीको रूपमा देखिएको छ । तर सामान्य मानिसमा भने यो सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०३० को अन्त्यसम्म विश्वमा ८ करोड ८४ लाख मानिस सङ्क्रमित भएका छन् भने ४ करोड २३ लाखले ज्यान गुमाएका छन् । सन् २०२३ मा मात्र विश्वभर १३ लाख सङ्क्रमित भएका छन् । डब्लुएचओका अनुसार  विश्वमा हरेक दिन ३ हजार ६ सय नयाँ सङ्क्रमित थपिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

२ दिन अगाडि
कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक