बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार अनुसन्धानमा सहकार्य गर्न सधैँ तत्पर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सरकार अनुसन्धानमा सहकार्य गर्न सधैँ तत्पर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुसन्धान क्षेत्रमा  सहयोग गर्न सरकार तत्पर रहेको जनाउनुभएको छ ।

फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजन’ (फरक्याप) को २४ औं शिखर सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो जनाउनुभएको हो ।  उहाँले भन्नुभयो,“यस्ता खालका सम्मेलन नेपालमा आवश्यक छन् । सरकारसँग समन्वय गरेर अनुसन्धान गर्ने हो भने अनुसन्धानमा सरकार सहकार्य गर्न सधैँ तत्पर छ ।”

अनुसन्धानले लाखौँ मानिसको जीवनलाई प्रभाव पार्ने हुँदा अनुसन्धान गर्दा आचारसंहिताको पालन गरेर स्वास्थ्य क्षेत्रको भविष्य हेरेर अनुसन्धान गर्न अनुसन्धानकर्तालाई मन्त्री पौडेलले आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “अनुसन्धान क्षेत्रबाट नै स्वास्थ्यका नीतिहरु बन्ने हुँदा देशको आवश्यकता अनुसार आचारसंहिता पालना गरेर स्वास्थ्यको भविष्य हेरेर अनुसन्धानकर्ताले अनुसन्धान गर्नुपर्छ ।”

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सम्मेलनले अनुसन्धानकर्ताको हौसला बढ्ने हुँदा यस्तो सम्मेलन नेपालमा आयोजना गरेकोमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई धन्यवाद व्यक्त गर्नुभयो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अनुसन्धान गर्दा सरकारबीच समन्वय हुनुपर्ने जीकिर गर्नुभयो ।

समन्वयले अनुसन्धानको उपलब्धि र प्राप्त नतिजाले नीति निर्माण गर्न मद्दत पुग्ने उहाँकाे तर्क छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता खालका सम्मेलनले अनुसन्धानको क्षेत्रमा थप उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

जनस्वास्थ्यविद् प्राडा शरदराज वन्तले अनुसन्धानका नतिजाको आधारमा नेपालमा थुप्रै उपलब्धि भएको बताउनुभयो । अनुसन्धानमा असमानता अन्त्य गर्न आवश्यक रहेको उहाँले जनाउनुभयो ।

नेपालमा पहिलोपटक आयोजना भएको स्वास्थ्य अनुसन्धान आचारसंहिता विषयमा अन्तर्राष्ट्रिय सम्मेलनको नारा म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्च (उत्तरदायी अनुसन्धान ः अधिक्तम लाभ’) रहेको छ।

चार  दिन सम्म चल्ने सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरू, अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, प्राज्ञिक संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको महत्वपूर्ण उपस्थिति रहने परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो ।

सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको उपस्थिति छ।  कार्यक्रममा अनुसन्धान आचारसंहिताका विभिन्न बिदामा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरु बीच गहन छलफल, बहस तथा प्रस्तुतीकरण हुनेछन् ।

सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीले भर्चुअल सहभागिता जनाएको आयोजकको दाबी छ ।  झण्डै ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी विज्ञहरुको भौतिक उपस्थिति छ ।

सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तर्राष्ट्रिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीबाट निर्धारित मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरण छनोट गरिएको छ। सोमध्ये ६१ वटा प्रस्तुतीकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतीकरण राष्ट्रिय विज्ञहरुद्वारा गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

११ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक