काठमाडौं । कीर्तिपुरको स्वतन्त्र उम्मेदारी दिएकालाइ सघाउन लागि हर्क साम्पांग हिजाे आइतबार राती कीर्तिपुर पुगेका छन् ।
उनलाई स्थानीयहरूले परम्परागत बाजागाजासहित भव्य रूपमा नेवाः परम्परा अनुसार सगुन दिएर स्वागत गरेका थिए ।
नजिकिदै गरेको मंसिर १६ गते उपनिर्वाचनका लागि कीर्तिपुरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु जनताको घरदैलो धाउन थालेका छन् ।
नेपालको राजनैतिक इतिहासमा महत्वपूर्ण रूपमा हेरिएको कीर्तिपुर नगरपालिका अहिले विश्वका मानिसहरूको ध्यान अहिले उपनिर्वाचनमा केन्द्रित रहेको बेलामा नेपाली कांग्रेसका कीर्तिपुर नगरपालिकाका उम्मेदवार कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रका उम्मेदवार डा शिवशंरण महर्जन, नेकपा एमालेका उम्मेदवार डा सुरेन्द्र मानन्धर र स्वतन्त्र उम्मेदवारहरु यति बेला भोट माग्नका लागि घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् ।


